गान्तोक, 03 सेप्टेम्बर (हि.स.)। एसआरएम विश्वविद्यालय, सिक्किमका नवनियुक्त कुलपति कमाण्डर (डा) गुरदमन शर्माले आज राजभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे।
राज्यपालले डा. शर्मालाई उनको नयॉं दायित्वको लागि हार्दिक शुभकामना दिॅंदै उनको कार्यकाल सफल र नवाचारपूर्ण बनोस् भनी कामना गरेको राजभवनले विज्ञप्तिमा बताएको छ।
यस भेटको क्रममा कुलपति डा. शर्माले राज्यपाललाई विश्वविद्यालयका भावी योजनाहरू र पहलहरूको बारेमा अवगत गराए। उनले विश्वविद्यालयको प्रगति, नवाचार र समग्र विकासको लागि पूर्ण निष्ठाका साथ काम गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / बिशाल