नारायणपुर/रायपुर, ३० सेप्टेम्बर (हि.स.)। सशस्त्र बलका जवानहरूले छत्तीसगढको नारायणपुर जिल्लाको अबूझमाड जंगलमा ठूलो सफलता हात पारेका छन्। जिल्लाको अबूझमाडका बाक्लो जंगलभित्र मोहनार–तोयापारा मुख्य सडकबाट सुरक्षाबलले कारबाहीको क्रममा बारुद, प्रेशर कुकर बम, मल्टिमिटर र एक भरमार बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक सामग्री बरामद गरेका छन्। बम स्क्वाड टोलीले तत्कालै घटनास्थलमै बम डिस्फ्यूज गरिदिएको छ।
नारायणपुर पुलिस अधीक्षक कार्यालयबाट प्राप्त जानकारीअनुसार, एण्टी–नक्सल अपरेशन अन्तर्गत २९ सेप्टेम्बरमा धनोरा थाना क्षेत्रमा सर्च अपरेशन चलाइएको थियो। आईईडीको आशंकाका कारण बीडीएस टोलीलाई स्थलमा पठाइएको थियो, जहाँ खोजतलासका क्रममा नक्सलीहरूले डम्प गरेको सामान बरामद गरिएको हो। बरामद स्थल वरिपरि नक्सलीहरूको नेलनार क्षेत्र समिति सक्रिय रहेको जनाइएको छ।
यस संयुक्त अपरेशनमा जिल्ला बल, आईटीबीपीको २९औँ वाहिनीको “ई” समवाय र धनोरा थानामा खटिएका जवानहरू सहभागी रहेका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी