करूर भगदड प्रकरणमा टीभीकेका अर्का कार्यकर्ता पक्राउ
करूर भगदड प्रकरणमा टीभीकेका अर्का कार्यकर्ता पक्राउ


करूर, ३० सेप्टेम्बर (हि.स.)। करूरमा अभिनेताबाट नेता बनेका विजयको पार्टी तमिलगा वेत्री कझगम (टीभीके) को सभाको क्रममा भएको भगदडमा ४१ जनाको मृत्यु भएको घटनामा सोमबार पार्टीका करूर जिल्ला सचिव मथियाझगन पक्राउ परेका थिए। अब पुलिसले अर्का कार्यकर्तालाई पनि पक्राउ गरेको छ।

पुलिसले पार्टीका करूर नगर प्रभारी पौनराजलाई पक्राउ गरेको हो। उनले प्रचारका लागि ध्वज–स्तम्भ र तख्ताको व्यवस्था गरेका थिए। विशेष पुलिसले हाल टीभीके महासचिव बुस्सी आनन्दको पनि खोजी गरिरहेको जनाएको छ।

यस भगदड प्रकरणमा पुलिसले पार्टी पदाधिकारीहरू विरुद्ध भारतीय दण्ड संहिताका चार धारा लगाएको छ। जसमा धारा १०५ गैर–इरादतन हत्या, धारा ११० गैर–इरादतन हत्या प्रयास, धारा १२५ अरूको जीवनलाई जोखिममा पारेको, र धारा २२३ आदेश उल्लंघन गर्ने आरोपहरू छन्। साथै तमिलनाडु सार्वजनिक सम्पत्ति क्षति निवारण अधिनियम, १९९२ को धारा ३ अन्तर्गत पनि मुद्दा दर्ता गरिएको छ।

टीभीके नेता विजयले पपल्स मिटिङ नामक अभियान सुरु गरेका थिए। उनले १३ सेप्टेम्बरमा त्रिचीबाट अभियान आरम्भ गरी प्रत्येक शनिबार प्रचार कार्यक्रम चलाउँदै आएका थिए। गत दुई सातामा उनले त्रिची, अरियालुर, नागपट्टिनम र तिरुवरुर जिल्लामा प्रचार गरेका थिए।

यसै क्रममा २७ सेप्टेम्बरमा उनले नमक्कल र करूरमा प्रचार गरेका थिए। नमक्कलमा प्रचार सकेपछि उनी राति करूर पुगेका थिए। त्यहाँ करिब ३०,००० भन्दा बढी मानिस भेला भएका थिए। विजय प्रचार बसबाट भाषण गरिरहेका बेला भगदड मच्चिएको थियो। उक्त घटनामा ४१ जनाको मृत्यु भयो। मृतकमध्ये १८ महिला, १३ पुरुष, ५ बालक र ५ बालिका थिए। यस दुर्घटनामा १०० भन्दा बढी घाइते भएका थिए। घटनाले सम्पूर्ण तमिलनाडुमा हलचल मच्चाएको छ र व्यापक आलोचना भएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande