कुल्लू, 30 सेप्टेम्बर (हि.स.)। कुल्लू जिल्ला मुख्यालय स्थित उपायुक्त कार्यालय (डीसी अफिस) लाई बमले उड़ाउने धम्की दिने आऱोपीलाई कुल्लू पुलिसले कर्नाटकको हुबलीदेखि पक्राउ गरेको छ। आरोपीमाथि पहिले पनि हत्या, लूटपाट सहित धेरै गम्भीर आपराधिक मामिला दर्ता छ र उसको सम्बन्ध आतङ्की संगठन हिजबुल मुजाहिदीनसित रहेको पनि आशंका छ।
पुलिस अधीक्षक डा. कार्तिकेयन गोकुलचन्द्रनले जानकारी गराउँदै बताए, 02 मई 2025 मा कुल्लू डीसी कार्यालयलाई बमले उड़ाउने धम्की ई-मेलको माध्यमले दिइएको थियो। मेलमा दाबी गरिएको थियो कि डीसी अफिस र अन्य ठाउँ बम लगाइएको छ र 24 घण्टाभित्र धमाका गरिनेछ।
पुलिसले तत्काल मामिला दर्ता गरी साइबर सेलको मद्दतले जाँच शुरू गऱ्यो। तकनीकी साक्ष्यहरूको आधारमा आरोपीको पहिचान गरियो र उलाई हुबली (कर्नाटक) बाट हिरासतमा लिइयो।
पुलिस अनुसार, आरोपीको पहिचान नितिन शर्मा निवासी बलजीत नगर नयाँ दिल्लीको रूपमा गरिएको छ, जसले पछि धर्म परिवर्तन गरी खालिद नाम धारण गऱ्यो। उले पहिले हरियाणा, केरल, तमिलनाडु, कर्नाटक, पोन्डिचेरी सहित अन्य राज्यहरूमा पनि यस्तै किसिमको धम्कीपूर्ण ई-मेल पठाइसकेको छ। आरोपीले साधारणतः अरूहरूको वाई-फाई वा हटस्पटको उपयोग गरी ईमेल पठाउथ्यो ताकि उसको पहिचान लुकिरहोस्।
हिन्दुस्थान समाचार / भवानी थामी