नदिया, 6 सेप्टेम्बर (हि.स.)। नदिया जिल्लाको तेहट्ट थाना अन्तर्गत निश्चिन्तपुरमा नौ वर्षीय बालकको शव भेटिएपछि सम्पूर्ण क्षेत्रमा तनाउ व्याप्त भएको छ। आक्रोशित ग्रामीणहरूले शंकाको आधारमा छिमेककै एक दम्पत्तिको सामूहिक कुटाई गरे जसले गर्दा उनीहरूको मृत्यु भयो। यस घटनामा अन्य मानिसहरू पनि घाइते भएका छन् जसलाई स्थानीय अस्पतालमा भर्ती गरिएको छ।
मृत बालकको पहिचान स्वर्णभ मण्डलको रूपमा भएको छ जो तेस्रो कक्षाको छात्र थियो। प्राप्त जानकारी अनुसार गए शुक्रवार अपरान्ह लगभग 3 बजी उ घरबाट खेल्न निक्लेको थियो, तर साँझसम्म पनि घरमा फर्किएन। परिवार तथा ग्रामीणहरूले उसलाई खोज्न शुरू गरे, तर अबेर रातिसम्म पनि कुनै सुइँको पाइएन। त्यसपछि परिवारले थानामा हराएको सिकायत दर्ता गरायो।
शनिवार बिहान स्थानीय मानिसहरूले बालकको घर नजिकै अवस्थित एउटा तलाउमा तिरपालले ढाकेको संदिग्ध वस्तुलाई देखे जसलाई खोलेर हेर्दा स्वर्णाभको शव देखियो।
त्यसपछि आक्रोशित ग्रामीणहरू छिमेकी दम्पत्ति उत्पल विश्वास र सीमा विश्वासमाथि जाई लागे। भीड़ले उनीहरूको घरभित्र बलजफ्ती पसेर तोड़फोड़ गर्ने चेष्टा गऱ्यो। साथै नजिकै रहेको जुट गोदाममा पनि आगो लगाइदियो। दम्पत्तिलाई घिसार्दै बाहिर निकालेर भक्कुचुर कुट्यो। पुलिस र ऱ्याफको टीमले घटनास्थलमा पुगेर दुवैलाई अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।
पुलिस सूत्र अनुसार मृतकको परिवार र विश्वास दम्पत्तिबीच पुराना विवाद थियो। आशंका छ, यसै विवादको कारण बालकको अपहरण गरी हत्या गरिदियो। तथापि यसको पुष्टि जाँचपछि नै हुनेछ।
यस घटनामा पुलिसको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। परिवारको आरोप छ, हराेको सिकायत दर्ता भए पनि पुलिसले कुनै सक्रिय कदम उठाएन। यदि समयमा कारबाही गरेको भए स्वर्णभलाई बचाउन सकिन्थ्यो। ग्रामीमहरूको भनाइ छ, शव भेटिएपछि पुलिस समयमा आइपुगेको भए विश्वास दम्पत्तिको ज्यान बच्न सक्थ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा