बन्द फ्ल्याटबाट युवतीको सड़िसकेको शव भेटियो, जाँचमा जुट्यो पुलिस
बन्द फ्ल्याटबाट युवतीको सड़िसकेको शव भेटियो, जाँचमा जुट्यो पुलिस


हुगली, 6 सेप्टेम्बर (हि.स.)। हुगली जिल्लाको बैद्यबाटी नगरपालिका अधिनस्थ 19 नम्बर वार्डको श्रीरामपुर सुकान्त पार्कक्षेत्रमा अवस्थित एउटा फ्ल्याटबाट 29 वर्षीय युवतीको सड़िसकेको शव भेटियो। यो मामिला हत्या हो वा आत्महत्या, पुलिसले हाल स्पष्ट पारेको छैन।

पुलिस सूत्र अनुसार मृत युवतीको नाम दीपशिखा गोस्वामी (29) हो जो फ्ल्याटमा एक्लै बस्दै आएकी थिइन्। उनका माता-पिताको पहिला नै निधन भइसकेको छ। परिवारमा महिलाकी दिदी छन् जसको विवाह उत्तरपाड़ामा भएको छ र त्यहीँ बस्छन्। एक निजी कम्पनीमा कार्यरत दीपशिखा प्रतिदिन बिहान कार्यालय जान्थिन्, साँझ फर्केर घर आउँथिन्।

स्थानीय मानिसहरूको भनाइ छ, पछिल्लो केही दिनदेखिको दीपशीखालाई देखिएको थिएन। गए शुक्रवार राति फ्ल्याटबाट तीव्र दुर्गन्ध आएको कारण छिमेकीहरूले पुलिसलाई सूचना दिए। घटनास्थलमा पुगेको पुलिसले फ्ल्याटको ढोका भत्काएर भित्र पस्यो जहाँ दीपशीखाको सड़िसकेको शव भेटियो।

शवलाई पोस्टमर्टम गर्न पठाइएको छ। प्रारम्भिक जाँचमा मृत्युको कारण स्पष्ट भएको छैन। पुलिस मामिलाको अनुसन्धानमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande