दिल्ली भाजपा अध्यक्षले यमुनाको बढ़्दो जलस्तरलाई लिएर जनतासित गरे अपील
दिल्ली भाजपा अध्यक्षले यमुनाको बढ़्दो जलस्तरलाई लिएर जनतासित गरे अपील


नयाँ दिल्ली, 6 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले दिल्लीमा लगातार भइरहेको वर्षा अनि हरियाणाको हथिनीकुण्ड ब्यारेजबाट छोड़िएको पानीले यमुनको जलस्तर बढ़िरहेकोमा शनिवार प्रदेशका जनतासित शान्ति अनि धैर्य कायम राख्ने अपील गरे। उनले भने, प्रशासनको पक्षबाट सबै आवश्यक कदम उठाइँदैछ। जनतालाई कुनै पनि प्रकारको अफवाहदेखि डराउने आवश्यकता छैन।

वीरेन्द्र सचदेवाले आज एक बयानमा बताए, यमुनाको बढ़्दो जलस्तरलाई नियन्त्रण गर्नको लागि प्रशासनले लगातार निगरानी राखिरहेको छ। पुलिसले बाढ़ी नियन्त्रण विभाग तथा आपदा प्रबन्धन टीमले सक्रिय रूपमा काम गरिरहेको छ। उनले भने, जोखिमपूर्ण क्षेत्रहरूमा राहत शिविर तयार गरीएको छ। आवश्यकता परे प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ।

भाजपा प्रदेश अध्यक्षले भने, सरकारले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई हरसम्भव सहयोग गर्नको लागि कार्य गरिरहेको छ। केन्द्र सरकारसित मिलेर राहत अनि बचाउ कार्य गरिँदैछ ताकि जनतालाई कुनै पनि प्रकारको समस्याको सामना गर्न नपरोस्। उनले भने, भाजपा कार्यकर्ताहरूले दिल्लीका जनताको सहयोगमा लगातार राहत सामग्रीहरू जुटाएर आवश्यकतामा परेकाहरूलाई पुऱ्याउने कार्य गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande