“काजीरंगा राइनो रन” म्याराथन प्रतियोगिताको आयोजन 21 सेप्टेम्बरमा
“काजीरंगा राइनो रन” म्याराथन प्रतियोगिताको आयोजन 21 सेप्टेम्बरमा


गोलाघाट (असम), 06 सेप्टेम्बर (हि.स.)। विश्व गैंडा दिवससित सामञ्जस्य राख्दै काजीरंगामा “काजीरंगा राइनो रन” थीममा म्याराथन दौड़ प्रतियोगिता आयोजना गरिँदैछ। काजीरंगा राष्ट्रिय उद्यान प्राधिकरण औ स्वयंसेवी संस्था डब्ल्यूटीआरपीको संयुक्त प्रयासमा आगामी 21 सेप्टेम्बरको दिन काजीरंगाको कंहरामा यो प्रतियोगिता आयोजना गरिनेछ। स्वयंसेवी संस्थाले यस आशयको जानकारी गराउँदै भन्यो, यस आयोजनको माध्यमबाट वन्य जीवहरूप्रति मानिसहरूमा जागरूकता बढ़ाउने प्रयास गरिनेछ।

गैंडा सुरक्षाको जागरूकता सहित पर्यावरण अनुकूल पर्यटन औ स्वास्थ्य जागरूकतालाई मुख्य विषय मान्दै आगामी 22 सेप्टेम्बरमा विश्व गैंड़ा दिवसको पूर्व सन्ध्यामा आयोजना गरिने दश किलोमीटर लामो “काजीरंगा राइनो रन” म्याराथन प्रतियोगितालाई सफल बनाउनको लागि काजीरंगा राष्ट्रिय उद्यान प्रबन्धनद्वारा सबै आवश्यक तयारी गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande