गोलाघाट (असम), 06 सेप्टेम्बर (हि.स.)। असम आन्दोलनको फलस्वरूप स्थापित नुमलीगढ़ रिफाइनरीमा नयाँ शिराबाट एउटा नयाँ कीर्तिमान स्थापना हुन गइरहेको छ। रिफाइनरीमा विश्वकै पहिला बाँस आधारित 2जी जैव इथेनल परियोजना शुभारम्भ हुन गइरहेको छ। यस रिफाइनरीमा नयाँ प्रकल्पको निर्माण कार्य पहिलाबाटै पूरा भइसकेको छ भने उद्घाटनको लागि अब पूर्ण रूपमा तयार भइसकेको छ। आगामी 14 सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले असम भ्रमण अवधि यस परियोजनाको उद्घाटन गर्नेछन् अनि यसलाई देशको नाममा समर्पित गर्नेछन्।
उल्लेखनीय छ, सामान्य बाँस र भलुका (मोटो) बाँसलाई काँचो मालको रूपमा प्रयोग गरी प्रतिवर्ष 50 हजार मीट्रिक टन एथेनल, 19 हजार मीट्रिक टन फर्फ्यूरल, 11 हजार मीट्रिक टन एसीटिक एसिड औ 31 हजार मीट्रिक टन तरल कार्बन-डाइ-अक्साइड उत्पादन गरिनेछ। यस अतिरिक्त बाँसका अवशेषहरूलाई जलाएर यसबाट 25 मेगावाट बिजुली उत्पादन गरिनेछ।
यस परियोजनाबाट असम सहित उत्तर-पूर्वी क्षेत्रका लगभग 30 हजार किसान सोझै लाभान्वित हुनेछन्। नुमलीगढ़ रिफाइनरीले पनि किसानहरूलाई 60 लाख बाँसको बोट निःशुल्क वितरण गर्ने कदम उठाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा