श्रीभूमि (असम), 06 सेप्टेम्बर (हि.स.)। असममा करिमगञ्ज जिल्लाको नाम परिवर्तन गरेर श्रीभूमि नामाकरण गर्ने मागमा नागरिकहरूद्वारा गरिएको आन्दोलनपछि शनिवार करिमगञ्ज जिल्लामा पूर्ण बन्द डाकिएको छ।करिमगञ्ज नाम परिवर्तन विरोधी नागरिक समितिद्वारा यो बन्द डाकिएको हो।
समितिले सबै धर्मका मानिसहरूलाई सड़कमा उत्रिने आह्वान गरेको भए पनि बिहान यस्तो कुनै भीड़ देखिएन। तथापि बन्द समर्थक केही महिला अनि पुरूषहरूलाई श्रीभूमि पुलिसले तनाउ फैलाएको आरोपमा पक्राउ गरेको छ। अर्कोतिर बन्दलाई मध्यनजर गर्दै प्रशासनले पहिलाबाटै बीएनएसको धारा 163 लागू गरिदिएको थियो।
शनिवार 12 घण्टाव्यापी बन्द वाम दल र कंग्रेस सहित करिमगञ्ज नाम परिवर्तन विरोधी नागरिक समितले डाकेको हो। यस बन्दलाई सफल बनाउनको लागि वाम दल र कंग्रेसले कैयौं चरणको बैठक गरी, माइकको माध्यमबाट व्यापक प्रचार गरेको थियो।
अर्कोतिर अधिकांश आम मानिसहरू तथा सत्तासिन दलले यस बन्दको तीव्र विरोध गर्दै बन्दलाई रद्द गर्ने अपील गरेका थिए। गए शुक्रवार राती यसै बन्दलाई केन्द्र गर्दै जिल्ला प्रशासनले भारतीय दण्ड संहिताको धारा 163 जारी गरेको छ। श्रीभूमि जिल्लाधिकारीद्वारा जारी भारतीय दण्ड संहिताको धारा 163 अनुसार शनिवार केही प्रतिबन्ध लगाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा