सिलगढ़ीमा छात्राको संदिग्ध परिस्थितिमा मृत्यु
सिलगढ़ीमा छात्राको संदिग्ध परिस्थितिमा मृत्यु


सिलगढ़ी, 6 सेप्टेम्बर (हि.स)। सिलगढ़ीमा नवौं कक्षाकी छात्राको रहस्यम स्थितिमा मृत्यु भएको मामिला शनिवार बिहान प्रकाशमा आएको छ। घटना सिलगढ़ीको कदमतला बीएसएफ क्याम्प नजिक भएको हो। छात्रा बीएसएफ स्कूलमा नवौं कक्षामा अध्ययनरत् थिई। छात्राको शव स्कूल अगाड़ि क्वार्टर मुनि भेटियो।

सूत्र अनुसार बिहान लगभग 9 बजी स्थानीय मानिसहरूले छतबाट केही झरेको आवाज सुने। बाहिर गएर हेर्दा छात्रा रक्तरञ्जित अवस्थामा लड़ेकी थिई। हतार-हतार उसलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याइयो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। पुलिसले घटनास्थलबाट एउटा नोट पनि भेटेको छ जसमा लेखिएको छ, मेरो मृत्युको लागि कोही पनि जिम्मेवार छैन। म कसैको आशा अनुरूप खरो उत्रिन सकिनँ। मेडिकल चौकीको पुलिसले घटनाको जाँच शुरू गरेकोछ। छात्राकी आमा बीएसएफमा कार्यरत छन्। छात्रा क्वार्टरमा बस्दिन थी। सीसीटीभी फुटेजमा छात्रालाई बाहिरबाट आइरहेको देखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande