राज्यपाल चुकलाखाङ प्यालेसमा आयोजित पाङ ल्हाबसोल समारोहमा सहभागी बने
राज्यपाल चुकलाखाङ प्यालेसमा आयोजित पाङ ल्हाबसोल समारोहमा सहभागी बने


गान्तोक, 07 सेप्टेम्बर (हि.स.)। राजधानीको चुकलाखाङ प्यालेसमा आज परम्परागत एवं सांस्कृतिक गरिमाका साथ पाङ ल्हाबसोल पर्व पालन गरियो। समारोहमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर पनि सहभागी बने। यसैगरी, मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्रीगण, राजकुमार पाल्देन गुरमीद नामग्याल, राजकुमारी होप लीजूम, प्रशासनिक ​अधिकारीहरू र स्थानीय मानिसहरू पनि उपस्थित थिए।

राजभवन अनुसार, यस अवधि संस्कृतिको जीवन्त झलक कार्यक्रमको विशेषता रह्यो, जसमा विविध सांस्कृतिक प्रस्तुतिहरू सिक्किमको अद्वितीय लोक परम्परा, धार्मिक आस्था र ऐतिहासिक विरासतलाई नृत्य, सङ्गीत र परम्परागत वेशभूषाको माध्यमले सजीव रूपमा प्रस्तुत गरियो।

राज्यपालले यस समारोहलाई सिक्किमको सांस्कृतिक एकता र आध्यात्मिक चेतनाको प्रतीक बताए। उनले आयोजकहरूलाई बधाई दिॅंदै राज्यवासीहरूको सुख र समृद्धिको लागि कामना गरेका छन्। यस अवसरमा चुकलाखाङ परिसरमा आयोजित परम्परागत धार्मिक अनुष्ठानमा पनि राज्यपाल सहभागी बनेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande