युवकको हत्या गरी शव जंगलमा फ्याँकियो
युवकको हत्या गरी शव जंगलमा फ्याँकियो


प्रतापगढ़, 07 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको प्रतापगढ़ जिल्लामा कोतवाही देहात क्षेत्र स्थित जंगलमा एक युवकको शव भेटिएको छ। पुलिसले मृतकको पहिचान खोलाएको छ। परिजनहरूले अपहरणपछि हत्या गरिएको आशंका व्यक्त गरेका छन्। यस घटनामा दुई जनालाई हिरासतमा लिइएको छ।

पुलिस अधीक्षक डा. अनिल कुमारले आइतवार बताए, शनिवार अबेर राति पगोहिदहा गाउँको जंगलमा युवकको शव भेटिएको जानकारी कोतवाली देहात पुलिसलाई प्राप्त भएको थियो। पुलिसले घटनास्थलमा पुगेर जाँच गऱ्यो। मृतकको पहिचान राजापुर पृथ्वीगंज गाउँ निवासी विकास पटेल (17) को रूपमा गरिएको छ। युवकको हत्या गरी शवलाई जंगलमा फ्याँकिएको थियो। छानबीनमा मृतक 04 सेप्टेम्बरदेखि बेपत्ता रहेको थाहा लागेको छ। परिजनहरूले अगावै आशंका व्यक्त गरेका थिए र उसको अपहरण गरी हत्या गरिएको छ। यसैको आधारमा अबेर साझँ पुलिसले अपहरणको मामिला दर्ता गरी उसलाई खोजिरहेको थियो।

एसपीले बताए, घटनामा मामिला दर्ता गर्दै शंकाको आधारमा दुई जनालाई हिरासतमा लिएको छ। यस मामिलामा लगभग सय जनासित सोधपुछ गरिएको थियो। घटनाको जाँच जारी छ, छिट्टै नै खुलासा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande