कोलकाता, 07 सेप्टेम्बर (हि.स.)। बांग्लादेश मुक्ति संग्राममा नेताजी सभाषचन्द्र बोसको भूमिकामाथि केन्द्रित पुस्तक 'बांग्लादेश मुक्तियुद्ध के नेपथ्य में नेताजी?’ को लोकार्पण शनिवार सॉंझ गरियो। कोलकाताको कलेज स्ट्रीटस्थित कफी हाउसमा पुस्तकका प्रकाशक दीप प्रकाशनको तत्वावधानमा आयोजित कार्यक्रममा विख्यात नेताजी गवेशक डा. जयन्त चौधरीको उपस्थितिमा उनको नयॉं पुस्तक विमोचन सम्पन्न गरियो।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं वृत्तचित्र निर्माता मृन्मय ब्यानर्जी, कोलकाता विश्वविद्यालयका प्राचार्य र आशुतोष म्यूजियम अफ् इण्डियन आर्टका निदेशक डा. दीपक बोरपांडा, रासबिहारी बोस रिसर्च ब्यूरोका संस्थापक तपन भट्टाचार्य र दीप प्रकाशनकी सीईओ सुकन्या मण्डल उपस्थित थिए। उनीका साथै बांग्लादेशबाट डा. सुब्रत घोष र प्रो. प्रवीर कुमार सरकार (रजिस्ट्रार, ढाका विश्वविद्यालय) पनि विशेष रूपमा उपस्थित थिए।
कार्यक्रमको शुरुवात गीत 'जगाओ पथिके, ओ जे घुमे अचेतन' का साथ भयो। वक्ताहरूले आफ्नो सम्बोधनमा धेरै ऐतिहासिक प्रसंगहरूको उल्लेख गरे र भने, आजाद हिन्द फौज र भारतको स्वतन्त्रतामा नेताजीको भूमिका सर्वविदित छ भने बांग्लादेश मुक्ति संग्रामको सन्दर्भमा उनको भूमिकालाई प्रकाशमा ल्याउने काम भएको छैन।
पुस्तकका लेखक डा जयन्त चौधरीले दाबी गर्दै भने, प्रधानमन्त्री इन्दिरा गॉंधीको कार्यकालमा बांग्लादेश मुक्ति संग्राम र नेताजीसॅंग सम्बन्धित धेरै गुप्त फाइलहरू नष्ट गरिएको थियो। उनले भने, स्वतन्त्रता प्राप्तिपछि बांग्लादेशका तत्कालीन प्रधानमन्त्री शेख मुजीबुर रहमानले नेताजी जीवित छन्, नत्र बांग्लादेश स्वतन्त्र हुने थिएन भनेर बयान दिएका थिए। उनी कोलकाता आएर एक जनसभामा यस विषयमा विस्तारसॅंग बोल्ने कुरा पनि गरेका थिए, तर केही हप्तापछि ब्रिगेड परेड ग्राउण्डमा प्रधानमन्त्री इन्दिरा गॉंधीसॅंग दिएको लामो भाषणमा मुजीबुरले नेताजीको नामसमेत लिएनन्।
चौधरीले आफ्नो शोधको आधारमा प्रमाणहरू प्रस्तुत गर्दै बांग्लादेश मुक्ति संग्रामको वास्तविक तथ्यहरूलाई कसरी ढाकछोप गरियो भन्ने बताएका थिए। पुस्तकमा यी तमाम विवादित र ऐतिहासिक पक्षहरूलाई विस्तारपूर्वक प्रकाशमा ल्याइएको छ, जसले नेताजीका प्रशंसक र शोधकर्ताहरूमा नयॉं जिज्ञासा सिर्जना गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल