कोलकाता, 8 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सबैलाई शुभकामना एवं बधाई दिएकी छन्। सोमवार बिहान उनले सोशल मीडियामा आफ्नो सन्देशमा लेखिन्, त्यो प्रतिभा असली प्रतिभा हो जसले साँचो समाज बनाउँछ।
वास्तवमा अन्तरराष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष 8 सेप्टेम्बरमा मनाइन्छ। यो दिनलाई 1966-सालमा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन यूनेस्कोद्वारा घोषणा गरिएको थियो भने 1967 सालदेखि यसको आयोजन शुरू भएको हो। यसको उदेश्य विश्वभरि नै साक्षरताको महत्वलाई प्रकाशित गर्नु अनि शिक्षाप्रति जागरूकता फैलाउनु हो। यस वर्ष यसको विषय छ “डिजिटल युगमा साक्षरतालाई प्रोत्साहन दिनु”। यो विषय त्यसबेला अत्यन्त प्रासंगिक बन्छ जतिबेला शिक्षाको एउटा ठूलो भाग डिजिटल माध्यमसित जोड़िसकेको छ।
यूनेस्कोको भनाइ छ, साक्षरता भनेको पढ़्ने र लेख्ने क्षमता मात्र होइन, यो समाजमा सम्मान, समानता एवं सामाजिक न्यायको आधार हो। यसै उदेश्यले प्रत्येक वर्ष विभिन्न देशहरूमा यस दिन कार्यक्रम आयोजना गरिन्छ अनि साक्षरतालाई प्रेरित गर्ने संगठन अनि व्यक्तिहरूलाई सम्मानित गरिन्छ।
भारतमा पनि यस दिवसको विशेष महत्व छ। सरकारद्वारा समय-समयमा साक्षरता अभियान संचालन गरिँदै आएको छ जसको उदेश्य मानिसहरूलाई पढ़ाउनु-लेखाउनु सम्म मात्र सीमित नरहेर उनीहरूलाई सामाजिक तथा आर्थिक रूपमा सक्षम बनाउनु पनि हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा