कोलकाता, 08 सेप्टेम्बर (हि. स.)। मुख्यमन्त्री ममता ब्यनर्जीले आइतवार असमका महान संगीतकार एवं गायक भूपेन हजारिकालाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गरिन्। उनले सोशल मीडियामा लेख्दै भनिन्, स्वनामधन्य संगीतकार औ गीतकार भूपेन हजारिकाको जन्मदिवसमा म उनलाई आफ्नो गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु।
भूपेन हजारिकाको जन्म 8 सेप्टेम्बर, 1926-मा असमको सदियामा भएको थियो। उनी गायक मात्र होइन, संगीतकार, गीतकार, फिल्म निर्माता एवं लेखक पनि थिए। उनका गीतहरूमा मानवीय संवेदना, सामाजिक सरोकार तथा पूर्वोत्तर भारतको संस्कृति झल्किन्छ। उनको आवाज र संगीतले सारा देशभरि नै उनलाई लोकप्रिय बनायो।
भूपेन हजारिकाले असमिया बाहेक हिन्दी र बंगलामा पनि धेरैवटा अमर गीतहरू दिए। उनी भारतीय जनजीवन तथा आम मानिसहरूको पीड़ालाई सुरहरूमा गाँस्नका लागि प्रसिद्ध थिए। गंगा तुम बहती हो क्यों जस्ता उनको गीतले आज पनि मानिसहरूको हृदयलाई छुन्छ।
हजारिकालाई पद्मश्री, पद्मभूषण औ दादा साहेब फाल्के पुरस्कारद्वारा सम्मानित गरिएको थियो। वर्ष 2019-मा उनलाई भारत रत्नद्वारा अलंकृत गरियो।
मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, उनका रचना एवं गीतहरू समाजलाई दिशा दिने किसिमका छन्। उनी सदैव प्रेरणाको श्रोत बनिरहनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा