कोलकाता, 8 सेप्टेम्बर (हि.स.)। सप्ताहको पहिलो कार्य दिवसमै कोलकाता मेट्रोको ब्लू लाइनमा सोमवार बिहान फेरि एकपटक गड़बड़ी भएको देख्न पाइयो। बिहान 8:20 बजी कवि नजरुल स्टेशनको एक ऱ्याकमा तकनिकी खराबी भएको कारण मेट्रो ठप्प भयो। फलस्वरूप टालीगञ्जदेखि शहीद खुदिराम स्टेशनबीच लगभग एक घण्टासम्म मेट्रो सेवा बाधित भएको कारण यात्रीहरूलाई टालीगञ्जमै उत्रिनु पऱ्यो।
अफिस समयमा भएको यस गड़बड़ीले हजारौं यात्रीहरूलाई समस्यामा पाऱ्योय़। स्टेशनमा मानिसहरूको भीड़ थुप्रियो भने आक्रोशित यात्रीहरूले मेट्रो प्रशासनविरूद्ध असन्तुष्टि व्यक्त गरे। एकजन यात्रीले भने, ब्लू लाइनमा प्रत्येक दिन नै कुनै न कुनै समस्या भइरहेको छ। मेट्रेमा सवार भएपछि थाहा हुँदैन कि अफिस समयमा पुगिन्छ कि पुगिँदैन। यसरी नै अर्का यात्रीले रोष व्यक्त गर्दै भने, मेट्रोको यात्रा दिन-प्रतिदिन भयानक बन्दै गइरहेको छ।
मेट्रो रेलको पक्षबाट बताइयो, तकनिकी समस्याको समाधान गरिएपछि डाउन लाइनमा बिहान 9:25 बजी र अप लाइनमा 9:54 बजी सेवा बहाल गरियो।
बितेको एक महिनाभन्दा अधिक समयदेखिको कोलकाता मेट्रोको ब्लू लाइनमा बारम्बार समस्या उत्पन्न भइरहेको छ। हालैमा कवि सुभाष मेट्रो स्टेशनको पर्खाल चर्किएको कारणले त्यसलाई यात्रीहरूको लागि बन्द गरिएको छ। त्यसपछि दक्षिणेश्वरदेखि शहीद खुदिरामसम्म संचालित सेवामा लगातार ढिल्याई तथा तकनिकी गड़बड़ीको सिकायत बढ़्दो छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा