
नयाँ दिल्ली, 10 जनवरी (हि.स.)। केन्द्रिय कपड़ा मन्त्री गिरिराज सिंहले आरोप लगाउँदै मुख्यमन्त्री ममता ब्य़ानर्जीले पश्चिम बंगाललाई बांग्लादेशमा परिणत गरी घुसपैठीहरूलाई सुम्पिन चाहेको बताएका छन्। उनले भने, यदि राज्यलाई बचाउनु हो भने तृणमूल कांग्रेसलाई सत्ताबाट हटाउनु आवश्यक छ।
एक्स पोस्टमा गिरिराजले पश्चिम बङ्गालको कानून व्यवस्था र राजनीतिक दिशामा गम्भीर आरोप लगाएका छन् र यहाँका हिन्दूहरुको सुरक्षामा चिन्ता व्यक्त गर्दै हिन्दूहरू नडराएको बङ्गालमा कुनै पनि जिल्ला नरहेको बताए। उनले मुख्यमन्त्री ममताले प्रवर्तन निर्देशनालय (इडी) का अधिकारीहरूबाट कागजपत्र खोसेको घटनालाई संविधान विरोधी भन्दै सोधे, अहिलेसम्म कुनै पनि मुख्यमन्त्रीले ईडीको हातबाट कागज खोसेको र डीजीपीसँग सम्बन्धित सबै कागजात चोरेको कसैले देखेको छ ? आखिर चोर्ने के आवश्यकता थियो? मुख्यमन्त्रीलाई डर थियो कि गुप्त कागजपत्र भेटिए अभिषेक ब्यानर्जी फस्नेछन्, यसैले उनी स्वयं गइन् औं कागजपत्र त्यहाँबाट छोड़ाएर ल्याइन्।
विपक्षको एकतामा प्रश्न उठाउँदै गिरिराजले भने– कहाँ छ महागठबन्धन ? चुनाउ आउँदा उनीहरू एकजुट हुन्छन्। यथार्थमा कुनै पनि महागठबन्धन छैन। केन्द्रिय मन्त्रीले पश्चिम बंगालका जनतालाई डरबाट मुक्त हुन आह्वान गरे र राज्यलाई बचाउनको लागि तृणमूल कांग्रेस सरकार हटाउन आवश्यक भएकोमा जोड दिए।
हिन्दुस्थान समाचार / भवानी थामी