वर्तमान न्यायालय भवनको गरिमा औ विरासत आधुनिक आवश्यकताहरूसित मेल खाँदैन: मुख्यमन्त्री
वर्तमान न्यायालय भवनको गरिमा औ विरासत आधुनिक आवश्यकताहरूसित मेल खाँदैन: मुख्यमन्त्री


गुवाहाटी, 11 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, वर्तमान उच्च न्यायालय भवनको गरिमा र यसको ऐतिहासिक विरासत आधुनिक न्यायिक आवश्यकताहरू अनुरूप छैन। मुख्यमन्त्रीले आइतवार उत्तर गुवाहाटीस्थित रंगमहलमा एकीकृत न्यायिक अदालत परिसरको आधारशिला समारोहलाई सम्बोधन गरिरहेका थिए।

मुख्यमन्त्रीले यस दिनलाई असमवासीहरूको लागि ऐतिहासिक बताउँदै भने, नयाँ न्यायालय परिसर निर्माण गर्ने सम्बन्धमा व्यापक विचार-विमर्श तथा विशेषज्ञहरूको सल्लाहपछि नै निर्णय लिइनेछ। उनले भने, न्यायमूर्ति सन्दीप मेहताले अदालत परिसरलाई अन्य स्थानमा स्थानान्तरण गर्ने सल्लाह दिएका थिए जसपश्चात 6-7 वटा वैकल्पिक स्थलहरूको निरीक्षण गरिसकिएको छ।

डा. सरमाले बताए, देखाइएका स्थलहरूमध्ये न्यायमूर्ति सन्दीप मेहताले रंगमहलको स्थानलाई सबैभन्दा उपयुक्त माने जसको आधारमा यहाँ आधुनिक र एकीकृत न्यायालय परिसर निर्माण गर्ने निर्णय लिइयो। उनले भने, यस परियोजनाको लागि 148 बिघा भूमि अधिग्रहण गरिएको छ।

मुख्यमन्त्रीले स्थानीय मानिसहरूको सहयोगको सराहना गर्दै भने, रंगमहलमा मानिसहरूले कुनै प्रकारको आपत्ति बिनै भूमि हस्तान्तरण गरेका छन् जसले न्यायपालिकाप्रति जनताको सम्मान र विश्वासलाई दर्शाउँछ।

परियोजनाको विवरण साझा गर्दै मुख्यमन्त्रीले बताए, प्रस्तावित परिसरमा 31 वटा अदालत कक्ष हुनेछन्। अधिवक्ताहरूको लागि 300 वटा कक्ष बनाइनेछ जहाँ लगभग 2 हजार अधिवक्ताले एकसाथ बसेर कार्य गर्न सक्नेछन्। यो परिसर पूर्ण भएपछि कामरूप (ग्रामीण) औ कामरूप (मेट्र) जिल्लामा मोठ 65 सिभिल कोर्टहरू संचालित हुनेछन्। यस अतिरिक्त परिसरमा लगभग 1,000 मानिसहरू अटाउन सक्ने क्षमता भएको सभाकक्ष पनि हुनेछ। न्यायालय परिसरसम्म श्रेष्ठ आवागमनको लागि फोरलेन सड़क निर्माण गर्ने योजना पनि छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande