लाल बहादुर शास्त्रीको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
लाल बहादुर शास्त्रीको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली


कोलकाता, 11 जनवरी (हि.स.)। देशका पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको पुण्यतिथिमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्। आइतवार ममता ब्यनर्जीले सोशल मीडिया मञ्च एक्स (पूर्वमा ट्विटर)-मा एउटा पोस्ट साझा गर्दै शास्त्रीजीको योगदानलाई स्मरण गरिन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा लेखिन्, भारतका पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीलाई उनको पुण्यतिथिमा मोरी भावपूर्ण श्रद्धाञ्जली।

उल्लेख्य, लाल बहादुर शास्त्री भारतका दोस्रो प्रधानमन्त्री थिए भने उनलाई देशलाई “जय जवान, जय किसान” -को नारा दिएकोमा चिनिन्छ। उनको सादगी इमानदारी तथा राष्ट्रभक्ति आज पनि देशवासीहरूको लागि प्रेरणाको श्रोत भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande