
कोलकाता, 10 जनवरी (हि.स.)। भारतीय सेनाको इस्टर्न कमाण्डद्वारा गए शनिवार ‘शौर्य कन्क्लेभ: रणनीतिक सञ्चार एवं परिवर्तनशील संज्ञानात्मक क्षेत्र’- को सफल आयोजन गरियो। यस कार्यक्रममा सेनाका वरिष्ठ अधिकारीगण, ख्यातीप्राप्त शिक्षाविद्, अनुभवी पत्रकार एवं रणनीतिक सञ्चारसित जोड़िएका विशेषज्ञहरू सामेल भए। सबैले मिलेर आजको सुरक्षा माहोलमा सूचना एवं सञ्चारको भूमिकामाथि खुलेर चर्चा गरे।
कन्क्लेभका अलग-अलग सत्रहरूमा वक्ताहरूले आ-आफ्नो अनुसभ सझा गरे। सैन्य अभियानहरूसित सम्बन्धित व्यवहारिक अनुभव, अकादमिक बुझाई तथा मीडियाको कार्यप्रणाली तीनैको सन्तुलित दृष्टिकोण यी चर्चाहरूमा देख्न पाइयो जसबाट विषयलाई राम्ररी बुझ्ने अवसर प्राप्त भयो।
यस अवसरमा भारतीय सेनाले स्पष्ट पाऱ्यो, मीडियाबाट पारदर्शी, समयमा तथा भरोसायोग्य सम्वादलाई सेनाले महत्वपूर्ण मान्दछ। सेनाले भन्यो, मीडियाले सैनिक तथा आम नागरिकमाझ सेतुको काम गर्दछ। शौर्य कन्क्लेभ जस्तो मञ्चले ये दोखाउँछ कि भारतीय सेना सही जानकारी, मजबुत रणनीतिक सञ्चार औ राष्ट्रिय सुरक्षासित जोड़िएको मानसिक औ सूचना क्षेत्रको सुरक्षालाई लिएर पूर्ण रूपमा प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा