
जगदलपुर, 11 जनवरी (हि.स.)। नक्सलीहरूको दक्षिण बस्तर डिभीजन कमिटीका प्रवक्ता गंगाले आइतवार एउटा पर्चा जारी गरी छत्तिसगढ़को बिजापुर र सुकमा जिल्लामा गत 3 जनवरी, 2026-मा भएको भिड़न्तलाई नक्सली संगठनले नक्कली बताएको छ। एकै दिनमा दुई अलग-अलग ठाउँमा भएको भिड़न्तमा जवानहरूले 14 जना नक्सलीहरूलाई मारेको दाबी गरिएको थियो। अब नक्सल संगठनको भनाइ छ, उनीहरूका साथीहरूलाई समातेर मारिएको छ।
नक्सली प्रवक्ता गंगाले पर्चामा लेखेका छन्, सुकमा जिल्लाका कोंटा एरिया कमिटी इञ्चार्ज मंगडू, सचिव माड़वी हितेश सहित 12 जना साथीहरूलाई मारिएको छ। सोही दिन बिजापुर जिल्लाका मड़कम हूंगा र आयतेलाई समातेर उनीहरूको हत्या गरियो। अर्कोतिर बस्तर आईजी सुन्दरराज पीले भनेका थिए, सुकमा र बिजापुर यी दुई जिल्लाहरूमा सुरक्षा बलहरूले अपरेशन संचालन गरेका थिए। नक्सलीहरूले जवानहरूमाथि गोली चलाएका थिए जवाफी कारबाहीमा दुवै पक्षमाझ भिड़न्त भयो जसमा 14 जना नक्सलीहरू मारिएका छन्। सुकमा जिल्ला एसपी किरण चव्हामले पनि भिड़न्तमा कोंटा एरिया कमिटीका नक्सलीहरू मारिएको दाबी गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा