गौहाटी हाईकोर्टको लागि बन्नेछ नयाँ न्यायिक टाउनशिप : मुख्यमन्त्री
गौहाटी हाईकोर्टको लागि बन्नेछ नयाँ न्यायिक टाउनशिप : मुख्यमन्त्री


गुवाहाटी, 11 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, गौहाटी हाईकोर्टको लागि विगत लामो समयदेखिकै एक नयाँ तथा आधुनिक परिसरको आवश्यकता महसूस गरिँदै आएको थियो जसलाई अब उत्तर गुवाहाटीमा प्रस्तावित नयाँ न्यायिक टाउनशिपको माध्यमबाट पूरा गरिनेछ।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा आज भने, वर्तमान न्यायिक ढाँचा बढ़्दो आवश्यकतालाई पूरा गर्नमा अपर्याप्त भइरहेको छ। त्यसैले आधुनिक सुविधाहरूद्वारा लैस एउटा नयाँ न्यायिक परिसर निर्माण गर्नु समयको माग थियो। उत्तर गुवाहाटीको उत्तरी तटमा स्थापना हुने न्यायिक टाउनशिपले राज्यको न्यायिक आवश्यकताहरूलाई पूर्ण रूपले पूरा गर्नेछ।

डा. सरमाले देशका मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्त औ अन्य विशिष्ट अतिथिहरूसित लगभग 478 कड़ोर रुपियाँको लागतमा निर्माण हुने एकीकृत न्यायिक अदालत परिसरको भूमिपूजन कार्यक्रममा भाग लिए।

मुख्यमन्त्रीले भने, यो टाउनशिप न्यायिक पूर्वाधारको सुदृढ़ीकरणको दिशामा एक महत्वपूर्ण कदम हो र यो गुवाहाटी हाई कोर्टको गरिमा तथा प्रतिष्ठा अनुरूप आधुनिक सुविधाहरूद्वारा सुसज्जित हुनेछ जसबाट न्याय व्यवस्थालाई अझ बढ़ी प्रभावशाली बनाउन सकिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande