अभिनेता अक्षय कुमारले बीएमसी चुनाउमा मतदान गरे, मतदान गर्न आह्वान गरे
अभिनेता अक्षय कुमार


मुम्बई, १५ जनवरी (हि.स.)। महाराष्ट्रमा बिहिबार २९ महानगरपालिकाका चुनाउका लागि मतदान जारी छ। बिहान ७:३० बजीदेखि नै मतदान केन्द्रहरूमा मतदाताको लामो लाइन देखिएको छ। लोकतन्त्रको यस महापर्वमा सर्वसाधारणसँगै फिल्म जगतका चर्चित व्यक्तित्वहरूले पनि सक्रिय रूपमा सहभागिता जनाउँदै आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

अक्षय कुमारले मतदान गरे, मानिसहरूलाई गरे अपीलअभिनेता अक्षय कुमारले बिहिबार बिहान मतदान शुरु हुनासाथ मुम्बईस्थित गान्धी शिक्षण भवनको मतदान केन्द्रमा पुगेर मतदान गरे। मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “आज बीएमसी चुनाउका लागि मतदान भइरहेको छ। मुम्बईकरका नाताले आजको दिन रिमोट कन्ट्रोल हाम्रो हातमा हुन्छ। म सबैलाई धेरैभन्दा धेरै संख्यामा मतदान गर्न आग्रह गर्छु। यदि हामी मुम्बईका साँचो हिरो बन्न चाहन्छौँ भने केवल डायलगबाजी होइन, यहाँ आएर मतदान गर्नुपर्छ।”

ट्विंकल खन्नाले पनि निभाइन् नागरिक कर्तव्यअक्षय कुमारसँगै उनकी पत्नी तथा अभिनेत्री ट्विंकल खन्ना पनि मतदान गर्न पुगेकी थिइन्। मतदानपछि ट्विंकलले भनिन्, “मलाई लाग्छ मतदान गर्दा हामीलाई कण्ट्रोलको अनुभूति हुन्छ, अलिकति शक्ति मिल्छ। म बानी र आशा—दुवै कारणले मतदान गरिरहेकी छु।”

मतदान केन्द्रमा भावुक क्षणमतदानका क्रममा एक भावुक क्षण पनि देखियो। एक सानी बालिका अक्षय कुमारलाई भेट्न आइन् र सहयोगको अनुरोध गरिन्। बालिकाले आफ्ना पिता ऋणमा रहेको बताइन्। सुरक्षाकर्मीले उनलाई रोक्न खोजे पनि अक्षयले भने, “तिमीले आफ्नो नम्बर देऊ।” त्यसपछि बालिकाले अभिनेता अक्षयका खुट्टा छोइन्, जसलाई अक्षयले तुरुन्तै रोकिदिए।

सान्या मल्होत्राले पनि गरिन् मतदानबीएमसी चुनाउमा बलिउड अभिनेत्री सान्या मल्होत्राले पनि सहभागिता जनाइन्। उनी बिहिबार मतदान केन्द्रमा पुगेर आफ्नो मत दिएर लोकतान्त्रिक जिम्मेवारी पूरा गरिन्।बीएमसी चुनाउका अवसरमा सिताराहरूको उपस्थितिले सर्वसाधारणलाई पनि मतदानतर्फ प्रेरित गरेको देखिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande