आपराधिक मामिलामा पुलिसको संलिप्तता अक्षम्य अपराध हो: सिद्धारमैया
आपराधिक मामिलामा पुलिसको संलिप्तता अक्षम्य अपराध हो: सिद्धारमैया


बेंगलुरु, 17 जनवरी (हि.स.)। कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले आपराधिक मामिलामा पुलिसको संलिप्ततामाथि गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई अक्षम्य अपराध बताए। उनले पुलिस विभागका अधिकारीहरूलाई राज्यका थानाहरूमा कड़ा निगरानी राख्ने निर्देश दिए।

मुख्यमन्त्रीले शनिवार पुलिस अधिकारीहरूको वार्षिक सम्मेलनको उद्घाटन गरेपछि प्रेस वार्तामा भने, राज्यमा लगभग 88 मामिलामा पुलिसको संलिप्तता रहेको पत्तो लागेको छ। उनले यस्तो कार्यबाट सरकार अनि पुलिस विभागको छवि धमिलिने बताए।

सिद्धारमैयाले बताए, चोरी, डकेटी र हत्याको मामिला घट्दो छ। तर साइबर अपराध र मादक पदार्थसित सम्बन्धित मामिलाहरू बढ़िरहेको छ। उनले भने, सरकार कर्नाटकलाई नशामुक्त राज्य बनाउनको लागि प्रतिबद्ध छ। यसलाई केवल पुलिसको सतर्कता औ दक्षताबाट हासिल गर्न सकिन्छ।

मुख्यमन्त्रीले निर्देश दिए, मादक पदार्थहरूको तस्करीमा सामेल मानिसहरूको कड़ा जाँच होस् तथा विदेशी संदिग्धहरूलाई उनीहरूको देशमा फर्काइयोस्। मादक पदार्थहरूको पत्तो लगाउनमा विफल पुलिसकर्मीहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।

सिद्धारमैयाले चेताउनी दिए, वरिष्ठ अधिकारीहरूले थानामा दिगो निगरानी राख्नुपर्छ अनि शक्तिशाली मानिसहरूको पक्षमा काम गर्नेलाई सहन गरिनेछैन। साथै साइबर अपराध र नशालु औषधिहरूमाथि नियन्त्रण गर्नको लागि कानूनलाई अझ कड़ा बनाउन आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande