घरेलु सहायिकाले कोलकाता पुलिस अधिकारीमाथि लगाइन् दुर्व्यवहार गरेको आरोप
घरेलु सहायिकाले कोलकाता पुलिस अधिकारीमाथि लगाइन् दुर्व्यवहार गरेको आरोप


कोलकाता, 17 जनवरी (हि.स.)। कोलकातामा सोनारपुर थाना क्षेत्र निवासी एकजना घरेलु सहायिकाले एकजना पुलिस अधिकारीमाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएकी छे। पुलिस अनुसार पीड़िताले ई-मेल मार्पत कसबा थानामा सिकायत दर्ता गराएकी छे। हाल आरोपी पुलिस अधिकारीको नाम सार्वजनिक गरिएको छैन।

दक्षिण 24 परगना जिल्लाको सोनारपुर थाना क्षेत्र निवासी पीड़िताले कोलकातामा आरोपी पुलिस अधिकारीको घरमा खाना पकाउने काम गर्थी। महिलाले आरोप लगाएकी छे, घरमा अन्य सदस्यहरूको अनुपस्थितिको फाइदा उठाएर पुलिस अधिकारीले उसको मर्यादा भंग गर्ने चेष्टा गऱ्यो। उसले यसको विरोध गर्दा उमाथि चोरीको झुटो आरोप लगाइयो। उसलाई एउटा खाली पन्नामा बलजफ्ती केही लेख्नको लागि बाध्य बनाइयो।

पीड़िताले बताई, उ कारणवश सोझै थाना जान नसकेकी कारणले कसबा थानालाई ई-मेलको माध्यमबाट लिखित सिकायत पठाई। सिकायतकर्ताको यो पनि आरोप छ, घटनापछि उसलाई लगातार धम्कीहरू आइरहेको छ जसबाट उ भयभित भएकी छे। उसले आरोपी पुलिस अधिकारीविरूद्ध कड़ा कारबाही गर्ने माग गरेकी छे।

मीडियासितको बातचीतमा पीड़िताले बताई, मैले भुइँ पुछिरहेको बेला उसले मसित अश्लील कृत्य गऱ्यो। मैले विरोध गर्दा उसले प्रतिशोध लिने धम्की दियो। त्यसपछि ममाथि चोरी गरेको आरोप लगाइयो। मबाट एउटा बयान लेखाइयो, म फेरि चोरी गर्ने छुइनँ। दोस्रो दिन अधिकारीकी बुहारीले फोन गरेर भनिन्, मैले उनीहरूको घरबाट सुनको गहना चोरेकी छु।

पुलिस अधिकारीमाथि लगाइएका यी आरोपहरूले क्षेत्रमा कोकोहोलो मचाएको छ साथै मामिलाको निष्पक्ष जाँच गर्ने माग तीव्र भएको छ। आरोपी पुलिस अधिकारीको पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया सामु आएको छैन। यस सम्बन्धमा कोलकाता पुलिसका एकजना वरिष्ठ अधिकारीले भने, “एउटा सिकायत प्राप्त भएको छ। मामिलाको जाँच जारी छ।।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande