
नाम्ची, 17 जनवरी (हि.स.)। नाम्ची बजारमा परेवाहरू अचानक मर्न थालेपछि मानिसहरू अचम्भित बनेका छन्। घटनाको बारेमा सूचना पाउनसाथ पशुपालन एवं पशु चिकित्सा सेवा विभागको टिमले तत्काल प्रभावित क्षेत्रको भ्रमण गरेर स्थलगत जॉंच शुरू गऱ्यो।
प्रभावित परेवाहरूको जाँच गर्दा प्वाँखहरू बिग्रिएको, हरियो पखाला, टर्टीकोलिस र मृत्यु हुने जस्ता लक्षणहरू देखा परेको विभागले बताएको छ। विभागीय टिमले राज्य पशु रोग निदान प्रयोगशाला, गान्तोक मुख्यालयमा सम्पर्क गरेर रोकको थप जॉंचका लागि जैविक नमूनाहरू पठाएको छ।
विभिन्न स्थानहरूमा औषधिको व्यवस्था र वरपरका क्षेत्रहरूको कीटाणुशोधन गर्ने लगायत रोकथामका उपायहरू अपनाएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल