तादोङमा घरबाट ल्यापटप, मोबाइल, सिलिन्डर चोरी, मामिला दर्ता
तादोङमा घरबाट ल्यापटप, मोबाइल, सिलिन्डर चोरी, मामिला दर्ता


गान्तोक, 17 जनवरी (हि.स.)। रानीपुल पुलिस थाना क्षेत्र अन्तर्गत 6 माइल, तादोङमा स्थानीय एक युवतीको घरमा चोरी भएको छ। घरबाट अज्ञात व्यक्ति (हरू) ले आभूषण, ल्यापटप, मोबाइल फोन र सिलिन्डर चोरी गरेका छन्।

पुलिस रिपोर्टका अनुसार, मूल रूपमा नाम्ची जिल्ला निवासी र हाल 6 माइल, तादोङ बस्दै आएकी युवतीको घरमा शुक्रवार दिउॅंसो लगभग 12 बजी चोरी भयो। घटनाको समय उनी घरमा थिइनन्। अज्ञात व्यक्ति (हरू) ले चॉंदीको सिक्का, चॉंदीको औंठी, एउटा ल्यापटप, दुईवटा मोबाइल फोन र एउटा ग्यास सिलिन्डर चोरी गरेका छन्।

पुलिसले घटनाको सम्बन्धमा बीएनएस, 2023 को धारा 331(3)/305(ए)/3(5) अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande