सदर पुलिसको सक्रियतामा चोरी गरिएका 11 सेट टेलीभिजनसहित दुई आरोपी पक्राउ
दुई आरोपी पक्राउ


गान्तोक, 02 जनवरी (हि.स.)। सदर पुलिसले राजधानीको लिङडिङस्थित स्थानीय एउटा निर्माणाधीन आवासबाट चोरी भएका 11 सेट टेलीभिजनसहित आरोपीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम धन बहादुर सन्यासी र राजेश शर्मा बताइएको छ।

पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, उक्त चोरीकाण्डलाई लिएर सदर थानामा 30 दिसम्बर, 2025 का दिन एफआईआर दर्ता भएको थियो। यस घटनाको सम्बन्धमा बीएनएस, 2023 को धारा 305(ए), 331(3), 112 र 3(5) अन्तर्गत मामिला दर्ता गर्दै पुलिसले तत्काल कारबाही शुरू गऱ्यो।

जॉंचको क्रममा पुलिसले 24 वर्षीय धन बहादुर सन्यासी र 22 वर्षीय राजेश शर्मालाई पक्राउ गरेको छ। पुलिसले आरोपीहरूबाट चोरी गरिएका 11 वटा टेलीभिजन सेट पनि बरामद गरेका छन्। जॉंच अधिकारी पीआई मनिश गुरुङको देखरेखमा सादा पोशाकमा तैनात पुलिसहरूको प्रयासमा आरोपीहरूलाई पक्राउ गर्न सफल बनेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande