मङ्गनमा जिल्लास्तरीय अन्तर निर्वाचन क्षेत्र फुटबल प्रतियोगिता सम्पन्न
मङ्गनमा जिल्लास्तरीय अन्तर निर्वाचन क्षेत्र फुटबल प्रतियोगिता सम्पन्न


मङ्गन, 04 जनवरी (हि.स.)। मङ्गन खेल मैदानमा आज 71औं माघे संक्रान्ति समारोह 2025–26 को एक भागको रूपमा जिल्लास्तरीय अन्तर निर्वाचन क्षेत्र फुटबल प्रतियोगिता एवं ग्रामीण खेलकुद–II 2026 आयोजन गरियो। खेलकुद एवं युवा मामिला विभाग, मङ्गनले आयोजना गरेको यस प्रतियोगितामा जिल्लाका सबै निर्वाचन क्षेत्रहरूबाट उत्साहजनक सहभागिता देखियो।

पहिलो खेलमा लाचेन मङ्गनले सङ्घ निर्वाचन क्षेत्रलाई 4–0 ले पराजित गऱ्यो। यसरी नै दोस्रो खेलमा जङ्गु निर्वाचन क्षेत्रले काबी लुङचोक निर्वाचन क्षेत्रलाई 3–2 गोलले पराजित गऱ्यो। भोलि, लाचेन मङ्गन र जङ्गुबीच फाइनल खेल सम्पन्न हुनेछ। विजेता दल जोरथाङमा खेलाइने फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गर्नेछ।

कार्यक्रममा काबी लुङ्गचोक निर्वाचन क्षेत्रका ओएसडी लाजोङ भोटिया, खेलकुद एवं युवा मामिला विभागका उप निदेशक पिन्चो भोटिया तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande