इरानमा अवस्था नसम्हालिए खामेनेई रूस भाग्न सक्ने, विरोध प्रदर्शन जारी
इरानमा अवस्था नसम्हालिए खामेनेई रूस भाग्न सक्ने


तेहरान (इरान), 05 जनवरी (हि.स.)। इरानमा पछिल्ला आठ दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा १९ सर्वसाधारण र सुरक्षाबलका एक जवानको मृत्यु भएको छ। देशका २२२ स्थानमा रातभर प्रदर्शन चलिरह्यो। २६ प्रान्तका ७८ शहरमा मानिसहरू सडकमा उत्रिएका छन्।

महँगीविरुद्ध शुरु भएको आन्दोलनले इरानका सुप्रीम लिडर अली खामेनेईको सत्ता हल्लिएको छ। अशान्तिको आगो पवित्र सशर कोमसम्म फैलिसकेको छ। अवस्था थप बिग्रिएमा खामेनेई कुनै पनि बेला देश छाडेर रूस जान सक्छन्।

इरान इन्टरनेशनलको रिपोर्टमा अमेरिकाको ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एचआरएएनए) र द टाइम्सलाई उद्धृत गर्दै यो जानकारी दिइएको हो। रिपोर्टमा भनिएअनुसार, यदि अशान्ति अझ बढ्दै गयो भने सुप्रीम लिडर अली खामेनेई देश छाड्न सक्छन्। सुरक्षाबल प्रदर्शन नियन्त्रण गर्न असफल भएमा उनी आफ्ना लगभग २० नजिकका सहयोगी र परिवारका सदस्यसहित मस्को भाग्ने सम्भावना छ।

विरोध प्रदर्शनको आठौँ दिन आइतबार केन्द्रिय तेहरानमा प्रदर्शनकारी र सुरक्षाबलबीच झडप भयो। प्रदर्शनकारीहरूलाई भगाउन राजधानीका विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाबल परिचालन गरिएको थियो। रातभरि विभिन्न शहरमा भएको प्रदर्शनका क्रममा सुरक्षाबलले गोली चलाएको आरोप लगाइएको छ।

विश्वविद्यालय, बजार तथा प्रान्तीय शहरहरू अशान्तिका मुख्य केन्द्र बनेका छन्। पश्चिमी शहर मालेकशाहीमा शनिबार राति सुरक्षाबलको गोलीबारीमा कम्तीमा पाँच प्रदर्शनकारीको मृत्यु भएको र करिब ३० जना घाइते भएको जनाइएको छ।

रिपोर्टमा उद्धृत एक गुप्तचर इनपुटअनुसार, सुप्रीम लिडर अली खामेनेईले आफ्ना २० नजिकका सहयोगी र परिवारसहित इरानबाट मस्को भाग्ने योजना तयार गरिसकेका छन्। यस समूहमा उनका छोरा तथा नामित उत्तराधिकारी मोज्तबा खामेनेई पनि समावेश छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande