
नयाँ दिल्ली, 07 जनवरी (हि.स.)। विश्व हिन्दू परिषद् (विहिप) ले जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) क्याम्पसमा उत्तेजक नाराबाजीको घटनालाई दुर्भाग्यपूर्ण बताएको छ। विहिपले यस विषयमा अनुसन्धान गरिनुपर्ने र दोषीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने भनेको छ।
विहिपका अन्तरराष्ट्रिय अध्यक्ष आलोक कुमारले बुधवार एक विज्ञप्तिमा भने, लोकतन्त्र र अभिव्यक्तिको स्वतन्त्रताले मनमानी ढंगले काम गर्ने अनुमति दिँदैन। चिहान खन्ने नारा यस्ता अधिकारहरूको उल्लङ्घन हो। यी नाराहरूले देशवासीहरूलाई आन्तरिक खतराहरूको सम्झना गराउँछ र स्वतन्त्रताको मूल्य सतर्क रहनु हो भनी याद दिलाउँछ।
विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्री र अरूलाई लक्षित गरी अश्लील नाराबाजीले जेएनयूको पवित्रता फेरि एक पटक नष्ट भएको छ। यस पटक दिल्ली दंगाका आरोपी उमर खालिद र शरजील इमामलाई जमानत अस्वीकार गरिएको कारण उत्तेजना फैलाइएको बताइएको छ। उल्लेख्य, सर्वोच्च अदालतले अभियोजन पक्षसित दुवै विरुद्ध दंगासँग जोड़िएका प्रत्यक्ष र पुष्टिकरणीय प्रमाण रहेको पाएको छ। सर्वोच्च अदालतले 2020 मा दिल्लीमा हिन्दूहरूमाथि योजनाबद्ध आक्रमणको पछाड़ीको ठूलो षड्यन्त्रमा उनीहरूको केन्द्रिय र प्रमुख भूमिकाको पनि उल्लेख गऱ्यो।
उनले भने, उमर र शरजीलमाथि देशको एकता र क्षेत्रीय अखण्डता विरुद्ध षड्यन्त्र रचेको आरोप छ। यो एक जघन्य अपराध हो। सबैले मुद्दाको प्रतीक्षा गर्नु उचित हुनेछ, जहाँ अभियुक्तहरूले आफ्नो निर्दोषता प्रमाणित गर्ने मौका पाउनेछन्। विहिप अध्यक्षले भने, यो दुर्भाग्यपूर्ण हो कि धैर्य गर्नुको सट्टा मुट्ठीभरि मानिसहरूले मध्यरातमा जेएनयू क्याम्पसको वातावरण बिगार्ने आँट गरे। यो लज्जास्पद र कायरतापूर्ण कृत्य हो।
हिन्दुस्थान समाचार / भवानी थामी