
कोलकाता, 07 जनवरी (हि.स.)। पश्चिम बंगालमा हुने आगामी विधानसभा चुनाउअघि भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो संगठनलाई सुदृढ पार्ने दिशामा एक ठूलो कदम चालेको छ। पार्टीले बुधवार औपचारिक रूपमा नयाँ राज्य कमिटीको घोषणा गर्योे। आगामी चुनावी रणनीतिको लागि यो घोषणालाई महत्त्वपूर्ण मानिन्दैछ। बलियो संगठनले कार्यकर्ताहरूलाई एकताबद्ध गर्न र राम्रो चुनावी प्रदर्शन हासिल गर्नसक्छ भन्ने पार्टी नेतृत्वको विश्वास छ।
पार्टीद्वारा जारी अधिसूचना अनुसार, सञ्जय सिंह, राजु ब्यानर्जी, देवश्री चौधरी, अग्निमित्र पल, दीपक बर्मन, जगन्नाथ चट्टोपाध्याय, मनोज टिग्गा, निशीथ प्रमाणिक, तापस रोय, अमिताव रोय, तनुजा चक्रवर्ती र प्रबल राहालाई प्रदेश अध्यक्ष शमिक भट्टाचार्यको टोलीमा प्रदेश उपाध्यक्ष नियुक्त गरिएको छ। संगठनको सञ्चालनलाई सुदृढ पार्न ज्योतिर्मय सिंह महतो, लकेट चटर्जी, सौमित्र खान, बापी गोस्वामी र शशी अग्निहोत्रीलाई प्रदेश महासचिवमा नियुक्त गरिएको छ।
साथै, धरातलिय स्तरमा संगठनात्मक र राजनीतिक गतिविधिहरूलाई तिखार्न धेरै सचिवहरू पनि नियुक्त गरिएको छ। यसमा शंकर घोष, दीपांजन गुहा, सोनाली मुर्मु, मनोज पाण्डे, अमलन भादुरी, महादेव सरकार, सखारोव सरकार, सिन्टु सेनापति, सरबरी मुखर्जी, मोहन शर्मा, बिवा मजुमदार र संजय वर्मा सामेल छन्।
यसका साथै, पार्टीको आर्थिक र प्रशासनिक मामिलाहरू सम्हाल्न आशिष बापटलाई कोषाध्यक्ष नियुक्त गरिएको छ। प्रवीण अग्रवाल र विद्यासागरलाई संयुक्त कोषाध्यक्षको जिम्मेवारी तोकिएको छ। प्रणय रोयलाई कार्यालय सचिव नियुक्त गरिएको छ र प्रत्युष मण्डललाई कार्यालयको काम सम्हाल्न संयुक्त कार्यालय सचिव नियुक्त गरिएको छ।
भाजपा सूत्रहरू अनुसार, नयाँ कमिटीमा अनुभव र युवा नेतृत्वबीच सन्तुलन कायम गर्ने प्रयास गरिएको छ। यसका साथै राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) पृष्ठभूमि भएका व्यक्तिहरूलाई पनि समावेश गरिएको छ। पार्टीको प्राथमिक ध्यान बुथ स्तरमा संगठनलाई सुदृढ पार्ने, आफ्ना कार्यकर्ताहरूलाई पुन: ऊर्जावान बनाउने र चुनाउअघि जनसम्पर्कलाई तीव्र बनाउनु हुनेछ। नयाँ कमिटीले आगामी दिनहरूमा चुनावी तयारीका सम्बन्धमा धेरै महत्त्वपूर्ण निर्णयहरू गर्नसक्ने विश्वास गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी