लुधियानामा सरकारी अफिसहरूको रेकी गरिरहेका खालिस्तान कमान्डो फोर्सका दुई सदस्य पक्राउ
लुधियानामा सरकारी अफिसहरूको रेकी गरिरहेका खालिस्तान कमान्डो फोर्सका दुई सदस्य पक्राउ


चण्डीगढ़, 07 जनवरी (हि.स.)। पञ्जाब पुलिसले लुधियानामा सरकारी अफिसहरूको रेकी गरिरहेका खालिस्तान कमान्डो फोर्सका दुई सदस्यलाई पक्राउ गरेको छ। यिनीहरूको कुनै सरकारी अफिसमा ठूलो घटनालाई परिणाम दिने योजना थियो।

गत वर्ष अगस्तमा सरकारी कार्यालयहरूमा आक्रमणको इनपुट पाएदेखि सक्रिय सुरक्षा एजेन्सीहरू र जिल्ला पुलिसले कड़ा सुरक्षा व्यवस्था मिलाएको थियो।

पुलिस महानिदेशक गौरव यादवले भने, गुप्तचर सूचनाको आधारमा राज्य विशेष अपरेशन सेलले काउन्टर इन्टेलिजेन्स लुधियानासँगको सहकार्यमा खालिस्तान कमाण्डो फोर्सका दुई सदस्यलाई पक्राउ गरेको छ। ती दुईले विदेशी ह्यान्डलरहरूको निर्देशमा लक्षित हत्याको योजना बनाइरहेका थिए। उनीहरूदेखि एक 9 एमएमको पेस्तोल र पाँच वटा जीवित कारतूस जफत गरिएको छ।

डीजीपीले भने, पक्रा परेका अभियुक्तहरू बेलायत र जर्मनीमा रहेका ह्यान्डलरहरूसँग सम्पर्कमा थिए, जो खालिस्तान कमाण्डो फोर्ससँग सम्बन्धित छन्। उनीहरूको निर्देशको पालना गर्दै, दुई अभियुक्तहरूले लुधियानामा सरकारी र प्रमुख कार्यालयहरूको रेकी गर्ने षड्यन्त्र रचे।

डीजीपीले भने, दुई अभियुक्तहरूलाई निश्चित व्यक्तिहरूबारे जानकारी सङ्कलन गर्ने र धरातलिय स्तरमा काम गर्ने जिम्मेवारी दिइएको थियो। उनीहरू अब विशिष्ट व्यक्तिहरूबारे जानकारी सङ्कलन गरेर आफ्ना मुखियाहरूलाई दिनका साथै धरातलिय स्तरमा गरिरहेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande