राज्यपाललाई ज्यानमारा धम्की दिने आरोपी सल्ट लेकबाट पक्राउ
सीवी


कोलकाता, 09 जनवरी (हि.स.)। पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोसलाई ज्यानमारा धम्की दिएको इमेल पठाउने व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। राजभवनका एक वरिष्ठ अधिकारीले शुक्रवार यसको पुष्टि गरे। अभियुक्तलाई बिहीवार राति कोलकाताको साल्ट लेक क्षेत्रबाट हिरासतमा लिइयो।

अधिकारी अनुसार, अभियुक्तको मनसाय र अन्य कुनै व्यक्ति वा संस्था संलग्न छन् कि छैनन् भनेर पत्तो लगाउन उसित गहन सोधपुछ भइरहेको छ।

उल्लेखनीय कुरा के छ भने राज्यपाल सीवी आनन्द बोसलाई बिहीवार राति इमेल मार्फत ज्यानमारा धम्की आएको थियो, जसले गर्दा उनको सुरक्षा तुरुन्तै बढ़ाइएको थियो। ईमेल पठाउनेले राज्यपाललाई बमले उड़ाउने धम्की दिएको थियो। अधिकारीले भने, अभियुक्तले धम्कीपूर्ण इमेलमा आफ्नो मोबाइल नम्बर पनि दिएको थियो, जसको आधारमा पुलिसले द्रूत कारबाही गर्दै आरोपीलाई पक्राउ गऱ्यो।

धम्कीपछि राज्य पुलिस र केन्द्रिय सुरक्षा एजेन्सीहरूले संयुक्त रूपमा राजभवनको सुरक्षाको समीक्षा गरे र सतर्कता बढ़ाए। हाल अनुसन्धान भइरहेको छ र सुरक्षा एजेन्सीहरूले यस मामिलाको हरेक पक्षको जाँच गरिरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande