घरमा चोरी, लाखौंको क्षति
Fir


शिमला, १३ अक्टोबर (हि.स.)। शिमला जिल्लाको नेरवा थाना क्षेत्र अन्तर्गत तारशानु पुल नजिकै रहेका दुई वटा खाली घरको ताला तोड़ेर विद्युत् तार, फिटिङ, गिजर, कल लगायतका समान चोरी भएको छ।

अक्टोबर ८ र ९ को मध्यरातमा भएको घटनामा एउटा घरबाट लगभग ७० हजार रुपियाँको समान चोरी हुनुका साथै ३ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान छ। अर्को घरबाट लगभग १५ हजार रुपियाँको विद्युत् तार चोरी भएको छ।

नेरवा निवासी दिनेश अमराटेको लिखित उजुरीका आधारमा पुलिसले भारतीय न्याय संहिताका धारा ३३१(४), ३०५(ए) र ३२४(५) अन्तर्गत मुद्दा दर्ता गरेको छ। उजुरीकर्ताले तारशानुका एक व्यक्तिमाथि शङ्का व्यक्त गरे पनि चोरीमा उनको संलग्नता पुष्टि भएको छैन। पुलिसले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande