फकिराग्राममा दुर्गा पूजा एवं मूर्ति विसर्जन सम्बन्धी एसओपीलाई लिएर बैठक
फकीराग्राम में दुर्गापूजा और प्रतिमा विसर्जन की SOP को लेकर महत्वपूर्ण बैठक आयोजित


फकीराग्राम में दुर्गापूजा और प्रतिमा विसर्जन की SOP को लेकर महत्वपूर्ण बैठक आयोजित


कोकराझार (असम), 14 अक्टोबर (हि.स.)। आगामी दुर्गा पूजा तथा माँ दुर्गाका प्रतिमाहरूकोक विसर्जनलाई शान्तिपूर्ण, व्यवस्थित एवं सुरक्षित रूपमा सम्पन्न गर्ने उद्देश्यले फकिराग्राम नगरपालिकाको पहलमा जिल्ला प्रशासनको निर्देश अनुसार महत्त्वपूर्ण बैठक सम्पन्न भयो। फकिारग्रामस्थित शहीद वेदी नजिकैको सामुदायिक हलमा भएको बैठकमा दुर्गा पूजा र मूर्ति विसर्जन गर्दा पालना गर्नुपर्ने मानक सञ्चालन प्रक्रिया (एसओपी) बारे विस्तृत छलफल गरियो।

बैठकमा फकिराग्राम नगरपालिकाका अध्यक्ष सुल्तान आलम, उपाध्यक्ष प्रणव शर्मा, डीएसपी बिनन्द बसुमतारी, फकिराग्राम थाना प्रभारी अर्जुन दास एवं पूर्व नगरपालिका अध्यक्ष सुरेन्द्र शर्मा सहित विभिन्न वार्डका वार्ड आयुक्त, पूजा समितिहरू र प्रतिमा विसर्जन समितिहरूका प्रतिनिधिहरू उपस्थित थिए।

बैठकमा दुर्गापूजाको अवसरमा कानून व्यवस्थालाई कायम राख्ने, भक्त तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्ने, यातायात नियन्त्रण गर्ने एवं मूर्ति विसर्जन गर्दा हुनसक्ने समस्याहरूको सामना गर्ने जस्ता महत्वपूर्ण विषयमा चर्चा गरियो। यसको साथै मूर्ति विसर्जनको प्रक्रियालाई व्यवस्थित रूपमा सम्पन्न गर्न अनि सम्बन्धित समितिहरूलाई प्रशासनले जारी गरेको दिशानिर्देश एवं निर्धारित एसओपीहरू पालना गर्नमाथि विशेष जोड़ दिइयो।

दुर्गा पूजाको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन र सबै वर्गका मानिसहरूलाई शान्तिपूर्ण वातावरणमा पूजा गर्ने अवसर प्रदान गर्न प्रशासन, पुलिस, नगरपालिका एवं पूजा समितिहरूबीच उच्च समन्वय कायम राख्नुपर्ने कुरामाथि पनि बैठकमा जोड़ दिइयो।

बैठकको माध्यमबाट सम्बन्धित सबै पक्षसित दुर्गा पूजा अनि मूर्ति विसर्जन कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि आफ्नो जिम्मेवारीहरूलाई गम्भीरता पूर्वक निर्वाह गर्ने तथा प्रशासनलाई सहयोग गरिरहन अपील गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande