नासिकमा अनियन्त्रित कारले पुलिस  र भक्तहरूलाई कुल्च्यो, सब-इन्स्पेक्टरको मृत्यु, एघार जनाभन्दा अधिक पुलिसकर्मी घाइते
फोटो: नासिक में सडक़ हादसे के बाद बचाव कार्य जारी


मुम्बई, 18 अक्टोबर (हि.स.)। महाराष्ट्रको नासिक जिल्लामा नवरात्रि उत्सवको राती एउटा द्रूत गतिको अनिन्त्रित कारले ड्यूटीमा तैनाथ पुलिसकर्मी तथा श्रद्धालुहरूलाई कुल्चियो। नाँदुरी गाउँको आभोणा चौरस्तामा भएको यस दुर्घटनामा गम्भीर रूपमा घाइते भएका ट्राफिक पुलिसका सब-इन्स्पेक्टर विजय गायकवाड़को अस्पतालमा उपचारको क्रममा मृत्यु भयो।

दुर्घटनामा 11 जनाभन्दा अधिक पुलिसकर्मी सहित केही श्रद्धालुहरू घाइते भए। घाइतेहरूलाई वणी ग्रामीण अस्पतालमा भर्ना गरिएको छ भने गम्भीर घाइतेहरूलाई उन्नत उपचारका लागि नासिक पठाइएको छ। नासिक पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ भने भगौड़ा चालकलाई खोजिरहेको छ।

पुलिस अधिकारीले आइतवार बताए, नवरात्रि पर्वलाई ध्यानमा राख्दै अभोणा चौरस्तामा व्यापक सुरक्षा व्यवस्था गरिएको थियो। श्रद्धालुहरूको आवागमनलाई नियन्त्रित गर्न र यातायात व्यवस्थालाई कायम राख्नको लागि क्षेत्रमा व्यापक रूपमा ब्यारिकेडिङ्ग गरिएकोथियो। यसैबीच द्रुत गतिमा आइरहेको कार अनियन्त्रित भएर ड्यूटीमा तैनाथ पुलिसकर्मीहरू एवं त्यहाँबाट गुज्रिरहेका श्रद्धालुहरूलाई ठक्कर दियो।

घटनापछि घटनास्थलमा खैलाबैला भयो। घाइतेहरूलाई तत्कालै अस्पतालमा लगियो जहाँ उनीहरूको उपचार भइरहेको छ। गम्भीर घाइतेहरूलाई उन्नत उपचारका लागि नासिक पठाइएको छ।

अनुसन्धानको क्रममा कुन परिस्थितिमा कार नियन्त्रण बाहिर गयो र दुर्घटना किन भयो, पत्तो लगाउने प्रयास भइरहेको छ। पुलिसले यस मामिलामा अन्य कोणबाट पनि अनुसन्धान गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande