रेवाड़ी औद्योगिक क्षेत्रमा दुई दिनमा दोस्रो पटक आगलागी
आग बुझाते हुए दमकल कर्मचारी।


रेवाड़ी, 21 अक्टोबर (हि.स.)। रेवाडीको बावल औद्योगिक क्षेत्रमा दिल्ली-जयपुर राष्ट्रिय राजमार्गको सर्भिस रोड नजिकै खाली स्थानमा बुधवार बिहान अचानक आगलागी भयो। सूचना पाएपछि दमकल विभागका दुई वटा वाहनल घटनास्थलमा पुगेर उद्धार कार्य शुरू गऱ्यो। दमकलकर्मी केही प्रयासपछि आगो निभाउन सफल भए। आगलागीको कारण अहिले अज्ञात रहेको छ।

जानकारी अनुसार बावल औद्योगिक क्षेत्रमा राष्ट्रिय राजमार्गको सर्भिस रोड नजिकै खाली जग्गामा विभिन्न कम्पनीहरूको अपशिष्टहरू फालिन्छ। त्यही स्क्रैपमा बुधबार बिहान अचानक आगलागी भएको हो। हेर्दा-हेर्दै ह्वार-ह्वारती आगो बल्न थाल्यो जसबाट वरपरका क्षेत्रहरूमा खैलाबैला शुरू भयो। घटनास्थलमा उपस्थित मानिसहरूले तुरुन्तै दमकल विभागलाई सूचित गरे।

फायर ब्रिगेडका दुईवटा वाहनले घटनास्थलमा पुगेर आगो निभाउन सफल भए। धेरै सङ्घर्षपछि आगो नियन्त्रणमा लिइयो। आगलागीबाट भएको क्षय-क्षतिबारे अहिलेसम्म थाहा हुन सकेको छैन। बावल औद्योगिक क्षेत्रमा दुई दिनभित्रमा आगलागी भएको यो दोस्रो घटना हो। मङ्गलवार दशैको बिदाको दिनमा पनि मोबाइल फोन निर्माण कम्पनी डीबीजीको स्क्र्याप यार्डमा ठूलो आगलागी भएको थियो।

छुट्टीका कारण कम्पनीमा कुनै कर्मचारी उपस्थित थिएनन्। स्क्रैप सामग्री आगोमा जलेको थियो। फायर ब्रिगेडको टोलीले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा ल्याएको थियो। लगातार दुई दिनसम्म भएको आगलागीले औद्योगिक क्षेत्रमा अग्नि सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गरेको छ। आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande