
जम्मू, 25 अक्टोबर (हि.स.)।जम्मूमा डोगरा प्रमाणपत्र पुनः शुरु गर्ने माग गर्दै अखिल भारतीय राजपूत एकता मञ्चद्वारा आयोजित धरनाको कार्यक्रम आज दोस्रो दिन पनि जारी रह्यो। सङ्गठनका सदस्यहरूले आफ्नो मागलाई लिएर प्रदर्शन गर्दै सरकारसित डोगरा प्रमाणपत्रको व्यवस्था चाँडै पुनर्स्थापित गर्ने अपोल गरे। प्रदर्शनकारीहरूको भनाइ छ, यो मुद्दा जम्मू क्षेत्रका युवाहरूको रोजगार, उनीहरूको भविष्य र विभिन्न सुविधाहरूसँग सम्बन्धित छ।
धरनाको दोस्रो दिन सङ्गठनका सदस्यहरूले डोगरा प्रमाणपत्र पुनर्स्थापनाको लागि आवाज उठाए। उनीहरूले भने, डोगरा सर्टिफिकेटको व्यवस्था पुन शुरू गर्नुपर्छ ताकि योग्य युवाहरूले योसँंग सम्ब्धित सम्भावित छुट एवं रोजगार सम्बन्धी सुविधाहरूको लाभ उठाउन सकून्।
सङ्ठनका प्रतिनिधिहरूले भने, जम्मू क्षेत्रका युवाहरू सामु रोजगारको ठुलो चुनौती रहेको छ। यस्तो अवस्थामा सरकारले युवाहरूको हितलाई ध्यानमा राख्दै डोगरा प्रमाणपत्र पुनर्स्थापना गर्न गम्भीरतापूर्वक विचार गर्नुपर्छ। यस प्रणालीको पुनः परिचयले योग्य युवाहरूलाई विभिन्न अवसरहरूमा लाभान्वित गर्नसक्ने उनीहरू बताउँछन्।
डोगरा प्रमाणपत्रलाई जम्मूको सांस्कृतिक पहिचान तथा डोगरा समुदायको हितसँग सम्बन्धित मुद्दा बताउँदै प्रदर्शनकारीहरूले सरकारले यो मागलाई बेवास्ता गर्न नहुने बताए। उनीहरूले माग गरे, सम्बन्धित विभागले यस विषयमा स्थिति स्पष्ट पारोस् अनि पुनर्स्थापनाको लागि आवश्यक कदम उठाइयोस्
अखिल भारतीय राजपूत एकता मञ्चले यस मागमा चाँडै सकारात्मक निर्णय लिन सरकारलाई अपील गरेको छ। युवाहरूको भविष्यसँग सम्बन्धित यस विषयलाई प्राथमिकता दिनुपर्छ भनी संस्थाले जनाएको छ।
अहिले सरकारले डोगरा प्रमाणपत्र पुनर्स्थापना गर्ने सम्बन्धमा कुनै नयाँ निर्णयको पुष्टि गरेको छैन। यस्तो अवस्थामा सङ्गठनको धरना दोस्रो दिन पनि जारी रह्यो अनि प्रदर्शनकारीहरूले आफ्नो माग दोहोऱ्याए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा