
श्रीनगर, 25 अक्टोबर (हि.स.)। श्रीनगरको जैनाकोट क्षेत्रमा एकजना सीआरपीएफ जवानले आफ्नो सर्भिस राइफलले आफैलाई गोली दागेर आत्महत्या गरे।
अधिकारीहरूले बताए, एचएमटी जैनाकोटस्थित 44 औँ बटालियनका सीआरपीएफ जवान गजेन्द्र कुमार दुग्गा (नम्बर 145224281)- लाई गोली लागेपछि लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। उनी छत्तीसगढ़को टेकाधोड़ा खलारी डोँडी निवासी हजारी राम डुग्गाका छोरा थिए। जवानले कथित रूपमा आफ्नो सर्भिस राइफलले टाउकोमा गोली दागे। पुलिसले यस मामिलको संज्ञान लिँदै अग्रिम कारबाही शुरु गरेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा