
दुर्गापुर, 25 अक्टोबर (हि.स.)। पश्चिम बर्दवान जिल्लाको दुर्गापुरस्थित सगड़भङ्गा क्षेत्रमा गए शनिवार अबेर राती एउटा मिठाई पसलमा भयानक आगो लाग्यो। यस घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। आगलागीमा पसलमा भण्डार गरिएका मिठाई, खानेकुरा एवं अन्य सामानहरू जलेर नष्ट भए।
प्रारम्भिक अनुमान अनुसार लाखौँ रुपियाँको क्षति भएको छ। तिहारको मुखैमा भएको उक्त घटनाले पसल मालिक तपन सावलाई ठूलो आर्थिक धक्का दिएको छ।
जानकारी मुताविक लक्ष्मी पूजालाई ध्यानमा राख्दै तपन सावले पसलमा प्रचुर मात्रामा मिठाई तयार गरेका थिए। तिहारको बेलामा ग्राहकहरूको बढ्दो मागलाई पूरा गर्नको लागि अतिरिक्त खाद्य पदार्थहरू पनि भण्डार गरिएको थियो। यसैबीच शनिवार राती अचानक पसलमा आगो लाग्यो भने हेर्दा-हेर्दै त्यहाँ राखिएका सामानहरू आगोको चपेटमा पऱ्यो। तयार मिठाईहरू अतिरिक्त पसलमा आलु, पनीर, बेसन, मैदा एवं चप, पनीरका परिकार एवं कचौडी बनाउनका लागि तेलका धेरै वटा टिनहरू भण्डार गरिएको थियो। पसलमा रहेका अन्य वस्तुहरू सहित यी वस्तुहरू आगोमा नष्ट भएका छन्। यसबाट उत्सवको तयारीलाई भङ्ग गरिदियो।
पसलमा आगलागी भएको जानकारी पाउनसाथ दमकलको एउटा वाहन घटनास्थलमा पुग्यो। दमकलकर्मीहरूले केही प्रयास गरेपछि आगो निभाउन सफल भए। तर त्यतिञ्जेलसम्ममा पसलमा राखिएका अधिकांश सामग्रीहरू जलिसकेको थियो। घटनापछि यस क्षेत्रमा खैलाबैला मच्चियो।
लक्ष्मी पूजाअघि पसलमा आगलागी भएपछि तपन सावलाई तयारी मालको क्षति मात्र नभएर उनको व्यापार पनि प्रभावित भएको आशङ्क छ।
आगलागीको वास्तविक कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। क्षतिको वास्तविक मात्राको पनि मूल्याङ्कन गरिएको छैन। प्रारम्भिक अनुमानमा लाखौं रुपियाँको क्षति भएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा