
नयाँ दिल्ली, 25 अक्टोबर (हि.स.)। दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) लाई 'इनोभेसन एण्ड स्मार्ट मोबिलिटी सोल्युशन्समा उत्कृष्टता' श्रेणीमा प्रतिष्ठित 'अवार्ड अफ एक्सीलेन्स' द्वारा सम्मानित गरिएको छ। डीएमआरसीले भुवनेश्वरमा आयोजित 19औँ अर्बन मोबिलिटी इण्डिया सम्मेलन एवं एक्सपोमा यो सम्मान प्राप्त गरेको हो।
डीएमआरसीका प्रबन्ध निर्देशक डा. विकास कुमारले केन्द्रिय आवास तथा शहरी मामिला मन्त्री मनोहर लालको हातबाट पुरस्कार ग्रहण गरे। यस अवसरमा ओडिशाका आवास तथा शहरी विकास मन्त्री डा. कृष्णचन्द्र महापात्रा उपस्थित थिए। यो जानकारी आइतवार एक विज्ञप्ति मार्फत दिइएको हो।
दुई दिवसीय (23-24 अक्टोबर) सम्मेलन र एक्सपोमा विश्वभरिका शहरी गतिशीलता (अर्बन मोबिलिटी)- का विशेषज्ञहरू एवं पेशेवरहरूलाई सामेल भए। यस क्षेत्रको दिगो विकास तथा प्रगतिसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा चर्चा गरियो।
डीएमआरसीले हालका वर्षहरूमा इनोभेटिभ स्मार्ट मोभिलिटी सोल्युशन्समा व्यापक रूपमा काम गरेको छ। यस अन्तर्गत डिजिटल टिकट, पूर्वानुमानात्मक मर्मत-सम्भारमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग तथा ग्राहक प्रतिक्रिया व्यवस्थापन जस्ता धेरै वटा क्षेत्रहरूमा नयाँ पहल गरिएको छ।
--------
/ बिशाल