गोर्खाल्याण्ड नौलो संघर्ष समितिको पदयात्रा, जीटीए होइन गोर्खाल्याण्ड चाहिने माग
गोर्खाल्याण्ड नौलो संघर्ष समितिको पदयात्रा


दार्जिलिङ, 25 अक्टोबर (हि.स.)। गोर्खाल्याण्ड नौलो संघर्ष समितिको पदयात्रा आज आलुबारीदेखि दार्जिलिङको चौरास्तासम्म सम्पन्न भएको छ। बिक्रमादि राईको नेतृत्वमा खरसाङ, कालेबुङ तथा अन्य क्षेत्रका समर्थकहरूको सहभागितामा सम्पन्न उक्त पदयात्रा बिहान १०:३० देखि ११ बजीको बीचमा दार्जिलिङको चौरास्ता पुगेको थियो।

आलुबारीबाट शुरु भएको पदयात्रामा बिक्रमादि राईसँगै खरसाङ, कालेबुङ र अन्य क्षेत्रका समर्थकहरू सहभागी भएका थिए। गोर्खाल्याण्ड नौलो संघर्ष समितिको नेतृत्वमा अघि बढेको पदयात्राले चौरास्तामा पुगेर आफ्नो यात्रा पूरा गरेको थियो। त्यसपछि पदयात्रा पथसभामा परिणत भयो।

उक्त पथसभालाई गोर्खाल्याण्ड नौलो संघर्ष समितिका मुख्य संयोजक बिक्रमादि राईलगायत अन्य वक्ताहरूले सम्बोधन गरेका थिए।यस विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै कालेबुङका बिक्की दर्नालले भने, “हामीलाई जीटीए होइन, गोर्खाल्याण्ड चाहिन्छ। नेताहरू केवल चुनाउको समयमा मात्र बोल्न आउँछन्। अहिले सबै नेताहरू ३६० करोडमा मात्र ध्यान दिइरहेका छन्।”उनले अहिले पहाडमा क्षेत्रीयताको भावना समाप्त हुँदै गएको आरोप लगाउँदै क्षेत्रीय दलहरू नभई केवल भाजपाका घटक दलहरू मात्र रहेको बताए।दर्नालले थप आरोप लगाउँदै भने, “महाकाल बाबाको काम खाएर पनि केवल झुट बोल्ने काम मात्र गरेका छन्। चुनावअघि जीटीए खारेज हुन्छ भनेका थिए, तर त्यस्तो केही भएन। हामी नेता होइनौँ, केवल साधारण जनता हौँ। हामी आफ्नो जाति, माटो र गोर्खाल्याण्डका लागि मर्न पनि तयार छौँ।”

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande