
लखीमपुर खीरी, २५ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको लखीमपुर खीरी जिल्ला स्थित सम्पूर्णानगर थाना पुलिसले एनडीपीएस एक्ट अन्तर्गत आरोपी एक जनालाई पक्राउ गरेको छ। उदेखि एउटा मोटरसाइकल र एउटा एन्ड्रोइड मोबाइल फोन जफत गरिएको छ। आरोपी विरुद्ध सम्पूर्णानगर थानामा मुद्दा दर्ता रहेको छ।
खीरीकी पुलिस अधीक्षक डा. ख्याति गर्गले आइतवार दिउँसो जानकारी दिँदै जिल्लामा अपराधी विरुद्ध सञ्चालन भइरहेको अभियान अन्तर्गत सम्पूर्णानगर पुलिस टोलीले सफलता प्राप्त गरेको बताइन्। गोप्य सूचनाका आधारमा तत्काल कारबाही गर्दै पुलिसले मुद्दा सङ्ख्या १४८/२०२६, एनडीपीएस एक्टको धारा ८/२२/२९ अन्तर्गत नामजद तथा फरार रहेका अभियुक्त अजय सिंहलाई पक्राउ गरेको हो।
पक्रा पर्ने व्यक्ति पीलीभीत जिल्लाको हजारा थाना क्षेत्र अन्तर्गत राघवपुरी गाउँ निवासी जीत सिंहका छोरा अजय सिंह रहेको पुलिसले जनाएको छ। उनलाई खजुरिया गाउँनजिक क्रसर रोडबाट पक्राउ गरिएको हो।
पुलिस अनुसार, अभियुक्तबाट अवैध गतिविधिमा प्रयोग गरिएको एउटा प्लेटिना मोटरसाइकल (नम्बर यूपी३१एजे६३२८) र दुई वटा सिमकार्ड सहित एउटा एन्ड्रोइड मोबाइल फोन जफत गरिएको छ।
पक्राउपछि पुलिसले आवश्यक कानूनी प्रक्रिया पूरा गरी अभियुक्तलाई अदालत समक्ष उपस्थित गराउने प्रक्रिया अघि बढ़ाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी