पुलिसले जङ्गलमा लुकेका ५० हजार नामी दुई अपराधीलाई पक्राउ गर्यो
मुठभेड़ में घायल बदमाश पुलिस गिरफ्त में


बागपत, २९ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको बागपत जिल्लामा दोघट थाना क्षेत्र अन्तर्गत टीकरी-सुजतीको जङ्गलमा बुधवार पुलिससंग भिड़न्त भएको छ। यस क्रममा ग्याङ्स्टर ऐनअन्तर्गत फरार रहेका ५० हजार इनामी दुई अपराधीलाई पक्राउ गरिएको छ। पक्रा परेकामध्ये एक जना घाइते भएको छ। मेरठका आईजीले दुवै अपराधीमाथि ५० हजार रुपियाँको इनाम घोषणा गरेका थिए। पुलिसले कानूनी कारबाही अगाड़ी बढ़ाइरहेको छ।

पक्रा परेका अभियुक्तमध्ये एक जना नीरज हो। उ वेदपालको छोरा हो र शामली जिल्लाको काँधला क्षेत्रस्थित अड्डा भभीसाको निवासी हो। उ विरुद्ध दोघट थानामा ग्याङ्स्टर ऐन लगायत विभिन्न मुद्दा दर्ता छन्। उसको तलासीका क्रममा पुलिसले .३१५ बोरको अवैध कटुवा पेस्तोल, तीन वटा जीवित गोली र दुई वटा खोका जफत गरेको छ।

यसै प्रकरणमा पुलिसले अर्का इनामी अपराधीलाई पनि पक्राउ गरेको छ। एसटीएफ गौतमबुद्धनगर र दोघट पुलिसको संयुक्त टोलीले ५० हजार नामी मनोजलाई पक्राउ गरेको हो। ४६ वर्षीय मनोज राजकिरणको छोरा हो र शामली जिल्लाको झिझाना क्षेत्र स्थित अलीनगरको निवासी हो। उ विरुद्ध पनि चारवटा मुद्दा दर्ता छन्।

बागपतका पुलिस उपरीक्षक पूर्णेन्दु सिंह अनुसार, मेरठका आईजीले दुवै अपराधीमाथि ५० हजार रुपियाँको इनाम घोषणा गरेका थिए। हाल दोघट पुलिस थानामा थप कानूनी कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande