अवैध रूपमा  20 वटा गाईवस्तु लादिएका दुई वटा वाहन जफत
20मवेशी से लदा वाहन जब्त


गिरफ्तार आरोपी


मोरीगाउँ (असम), 30 अक्टोबर (हि.स.)। मोरीगाउँ जिल्लाको जागीरोड थाना क्षेत्रमा स्थानीय मानिसहरूले दुई वटा वाहनबाट 20 वटा गाईवस्तुहरूलाई बरामद गरी पुलिसलाई हस्तान्तरण गरेका छन्।

पुलिसले शुक्रवार बतायो, स्थानीयहरूले थाना क्षेत्रको धरमतुल क्षेत्रमा गाईवस्तु बोकेका दुई वटा बोलेरो पिकअप (एएस-022सी-9729 र एएस-01आरसी-5150)-लाई समाते जसमार्फत 20 वटा गाईवस्तुहरूलाई अवैध रूपमा तस्करी गरिँदै थियो।

दुवै पशु तस्करहरूलाई कुटपिट गरिरहेको सूचना पाएपछि पुलिसको टोली घटनास्थलमा पुग्यो अनि तस्करहरूलाई स्थानीयको चङ्गुलबाट उद्धार गरी पुलिस स्टेशनमा ल्यायो। पुलिसले घटनास्थलबाट दुई वटा बोलेरो पिकअपबाट 20 वटा गाईवस्तु जफत गरेको छ जसलाई मेघालयको पशु बजारसम्ममा लगिरहेको थियो।

पुलिसले यस सम्बन्धमा पशु ऐन अन्तर्गत एफआईआर दर्ता गरी अनुसन्धान गरिरहेको छ। ज्ञात रहोस्, राज्यमा कड़ा पशु कानून लागू भएको भए तापनि पशुहरूको तस्करी हुन छोड़ेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande