
गुवाहाटी, 30 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शुक्रवार भने, भुटानमा भएको हिमनदी ताल विस्फोटको सम्भावित प्रभावलाई ध्यानमा राख्दै धुबड़ी र कोकराझार जिल्लाका सबै संवेदनशील राजस्व क्षेत्रको अवस्थालाई नजिकबाट निगरानी गरिँदैछ।
सोशल मिडियाको एक पोस्टमा मुख्यमन्त्रीले भने, राज्य सरकारले निरन्तर अवस्थाको निगरानी गरिरहेको छ। प्रशासनका टोलीहरू राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) तथा अन्य सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा छन्। आवश्यक परेमा तत्काल कारबाहीका लागि सबै टोलीहरू तयार छन्।
उनले जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन, प्रशासनले जारी गरेको आधिकारिक निर्देशलाई पालना गर्न तथा स्थानीय अधिकारीहरूलाई सहयोग गर्न आग्रह गरे।
भुटानमा हिमनदी ताल फुटेको घटनापछि तल्लो क्षेत्रहरूमा नदीहरूको जलस्तर अचानक बढेको अनि सम्भावित बाढ़ीको सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले सावधानी अप्नाइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा