विधायकहरूलाई जानकारी नदिई मन्त्रीहरूले क्षेत्रको भ्रमण  नगरून्ः मुख्यमन्त्री
Copy of the Order.


गुवाहाटी, 31 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले सबै मन्त्रीहरूलाई आ-आफ्ना निर्वाचन क्षेत्रहरूमा जानअघि स्थानीय विधायकहरूलाई अनिवार्य रूपमा सूचित गर्न अपील गरेका छन्। उनले सरकार एवं निर्वाचित प्रतिनिधिबीच उच्च समन्वय स्थापना गर्नेमाथि जोड दिएका छन्।

मुख्यमन्त्री कार्यालयले आज दिएको आधिकारिक जानकारी अनुसार मुख्यमन्त्रीले गए 30 अक्टोबरमा जारी गरेको एउटा पत्रमा भने, केही मन्त्रीहरूको क्षेत्र भ्रमणको क्रममा सम्बन्धित निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने विधायकहरूलाई कहिले पनि सूचित वा समावेश गरिँदैन।

उनले यसलाई कुशल प्रशासमिक परम्परा बताउँदै मन्त्रीहरूलाई सल्लाह दिए, उनीहरूले आफ्नो भ्रमणअघि सम्बन्धित विधायकहरूलाई यसको जानकारी दिइयोस्। यसबाहेक सम्बन्धित विधायकहरूलाई मन्त्रीहरूद्वारा आयोजित सार्वजनिक समारोह तथा सरकारी कार्यक्रमहरूमा पनि निम्तो दिनुपर्छ।

मुख्यमन्त्रीले यो पनि भने, विभागीय बैठक तथा आधिकारिक समीक्षा बैठकहरूमा जहाँ विधायकहरूको उपस्थिति अनिवार्य हुँदैन, त्यहाँ पनि शिष्टाचारको रूपमा अग्रिम जानकारी दिन सकिन्छ।

यस व्यवस्थाबाट सरकार अनि निर्वाचित प्रतिनिधिहरूमाझको समन्वयलाई बलियो बनाउने अनि सरकारी कार्यक्रम तथा आधिकारिक गतिविधिहरूको सञ्चालन अधिक सुचारू रूपमा हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande