सरदार पटेलको जयन्ती तथा इन्दिरा गान्धीको पुण्यतिथिमा राजीव भवनमा रक्तदान शिविर आयोजित
Images of the Blood Donation Camp Organised At Rajiv Bhawan To Mark Birth Anniversary Of Sardar Patel and Death Anniversary Of Indira Gandhi.


गुवाहाटी, 31 अक्टोबर (हि.स.)। लौह पुरुष सरदार पटेलको जयन्ती एवं इन्दिरा गान्धीको पुण्यतिथिको अवसरमा शनिवार राजीव भवनमा असम प्रदेश सेवा दलको पहलमा रक्तदान शिविरको आयोजना गरियो।

बिहान 11 बजे शुरु भएको उक्त रक्तदान शिविर दिनभरि चल्नेछ। कार्यक्रममा कङ्ग्रेसका केही वरिष्ठ नेता एवं कार्यकर्ताहरूले भाग लिए।

यस अवसरमा असम प्रदेश कङ्ग्रेस कमिटी (एपीसीसी)- का पूर्व अध्यक्ष रिपुन बोरा तथा सेवा दलका अध्यक्ष दीप बयान सहित कङ्ग्रेस नेताहरू उपस्थित थिए।

आयोजक अनुसार दुई महान नेताको स्मृतिमायस किसिमको कार्यक्रमको आयोजन सामाजिक तथा मानवीय सेवाको उद्देश्यले गरिएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande